४१५ रुपैयाँको सामान खरिद गरेका ग्राहकले जिते १० लाख रुपैयाँ

१६ कात्तिक २०८३, सोमबार
Share this
690shares

१६ कार्तिक , काठमाण्डौ।

Advertisement

बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका एक ग्राहकले १० लाख रुपैयाँ पुरस्कार जिते ।

Advertisement

आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत ती ग्राहकलाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरेको हो ।

कात्तिक १ देखि १५ गतेसम्मको कारोबारका आधारमा छनोट गरिएका १५ जना पाक्षिक विजेता र एक जना बम्पर विजेताको नाम आज अर्थ मन्त्रालयको सिंहदरबारस्थित सुवर्ण हलमा सार्वजनिक गरिएको हो ।

विभागले पुरस्कार विजेता छनोट कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपीएल) खेलिरहेका क्रिकेट खेलाडीलाई सहभागी गराएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top