नेपाल राष्ट्र बैंकले आज शुक्रबार सुनका असर्फी बिक्री नगर्ने

२० कात्तिक २०८३, शुक्रबार
Share this
727shares

२० कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाल राष्ट्र बैंकले आज शुक्रबार सुनका असर्फी बिक्री नगर्ने ।

केन्द्रीय बैंकले स्टक सकिएको भन्दै असर्फी बिक्री नगर्ने भएको हो ।

Advertisement

राष्ट्र बैंकले तिहारलाई लक्षित गरी सुनचाँदीका असर्फी र मेडालियन बिहीबारदेखि बिक्री सुरु गरेको थियो ।

हिजो पहिलोदिन कर्मचारीहरु समेतलाई गरी ४५ सय असर्फी बिक्री भएको थियो ।

केन्द्रीय बैंकले हरेक वर्ष धनतेरसमा सुन तथा चाँदीका सिक्का बिक्री गर्दै आएको छ ।

गत वर्ष सुन नभएका कारण चाँदीका मेडालियन मात्र बिक्री गरेको थियो ।

तर, यस वर्ष केन्द्रीय बैंकले वाणिज्य बैंकहरूसँग ३५ किलो सुन खरिद गरेर सुनका असर्फी पनि बिक्री थालेको थियो ।

प्रक्रियागत जटिलता र झन्झटका कारण बिक्री गर्न योग्य उत्पादन निकै न्यून हुने भएकाले बिहीबार नै सकिएका कारण शुक्रबार सुनका असर्फी बिक्री नगर्ने निर्णय गरेको केन्द्रीय बैंकका प्रवक्ता गुरु पौडेलको जानकारी ।

बिहीबार केन्द्रीय बैंकले एक व्यत्तिलाई एक असर्फी र २ मेडालियनसम्म बिक्री गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top