२० कार्तिक , काठमाण्डौ ।
पार्टीमा आबद्ध भएकै आधारमा कसैले पनि गलत कामको छुट नपाउने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको भनाइ ।
इच्छाकामनामा स्थानीय नेता तथा कार्यकर्तासँगको भेटमा उनले पार्टीका नेता, कार्यकर्ता र समर्थक सबैले विधि, नियम तथा कानुनको पालना गर्नुपर्ने बताए ।

पार्टीको नाममा हुने गलत गतिविधिलाई संरक्षण गर्न नसकिने उल्लेख गर्दै विधिको शासन सबैका लागि समान हुनुपर्नेमा लामिछानेको जोड ।
वडा तहदेखि नै सक्षम नेतृत्व विकास गर्दै पालिका, जिल्ला, प्रदेश र केन्द्रसम्म जिम्मेवारी सम्हाल्न सक्ने नेतृत्व तयार पार्न कार्यकर्तालाई गरे आग्रह ।
पार्टी सभापतिको जिम्मेवारी, संगठन विस्तार र सरकारसँगको समन्वयका कारण निर्वाचन क्षेत्रमा नियमित पुग्न नसकेको रविको भनाइ ।
स्थानीय विकास निर्माणमा पार्टीको संस्थागत संरचनालाई सक्रिय बनाउनुपर्ने उल्लेख गर्दै लामिछानेले नागरिकले हरेक कामका लागि सांसद नै खोज्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए।
पार्टीको जिम्मेवारी तल्लो तहसम्म बाँडफाँट गरी नयाँ नेतृत्वको क्षमता विकास गर्नुपर्नेमा पनि रविको जोड



