२३ कार्तिक , काठमाण्डौ ।
यस वर्षको लक्ष्मीपूजाका दिन नेपालमा विद्युत्को उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणको भनाइ ।
आइतबार कात्तिक २२ गते साँझ ६ः१५ बजे विद्युत् मागले उच्च बिन्दु छोएको थियो ।

उक्त समयमा नेपालको कुल विद्युत् उत्पादन २ हजार ४००.३० मेगावाट रहेकामा ५८७.३० मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणको भनाइ ।
लक्ष्मीपूजाका दिन निजी क्षेत्रका आयोजनाबाट १ हजार ५३६.५० मेगावाट विद्युत् उत्पादन भएको त्यस्तै, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, नदी प्रवाहमा आधारित तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् उत्पादन भएको जानकारी ।
यस दिन काठमाडौं उपत्यकाको विद्युत् माग ४८९.५० मेगावाट पुगेको थियो भने विद्युत् प्रणालीको आवृत्ति ५०.१२० हर्ज रहेको र प्रणालीमा कुनै अवरोध नदेखिएको प्राधिकरणको भनाइ ।
गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत् माग १ हजार ७४५ मेगावाट थियो भने २०८१ सालमा १ हजार ६०२.२० मेगावाट रहेको थियो ।



