२३ कार्तिक , काठमाण्डौ ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभीर कुरिनटार नजिकै सुक्खा पहिरो खस्दा सडक अवरुद्ध ।
आज बिहान खसेको पहिरोका कारण राजमार्गमा दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको प्रहरीको भनाइ ।

पहिरो खसेपछि पृथ्वी राजमार्ग हुँदै काठमाडौं, पोखरा, चितवन तथा अन्य स्थानमा आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहानै खसेको पहिरो हटाउने तथा सडकमा खसेका ढुङ्गा, माटो तथा अन्य अवरोध हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको उल्लेख ।
पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने अनुमान गरिएको र पहिरो हटाउने काम सम्पन्न भएपछि मात्रै राजमार्गमा दुईतर्फी सवारी आवागमन पुनः सञ्चालन हुने ।
देशका विभिन्न प्रमुख सहरलाई राजधानी काठमाडौंसँग जोड्ने महत्वपूर्ण सडकमार्ग पृथ्वी राजमार्गमा पहिरो खस्दा लामो दूरीका यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित हुने गरेका छन् ।



