साइबार ब्यूरोमा अजयबाबुले रोशनसँग माफी मागे

२३ कात्तिक २०८३, सोमबार
Share this
735shares

२३ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु सिवाकोटीद्वारा पत्रकार रोशन खड्कासँग माफी माग्दै सामाजिक सञ्जालमा उनीविरुद्ध लेखेको पोस्ट हटाउने सहमति ।

पत्रकार खड्काले आफूविरुद्ध सामाजिक सञ्जालमा व्यक्तिगत आक्षेप लगाउँदै अपमानजनक तथा भ्रामक पोस्ट गरेको भन्दै सिवाकोटीविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका थिए ।

Advertisement

उक्त उजुरीपछि साइबर ब्युरोले आइतबार सिवाकोटीलाई बोलाएर पत्रकार खड्कासँग छलफल गराएको थियो ।

छलफलका क्रममा सिवाकोटीले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेको उल्लेख ।

सहमति अनुसार सिवाकोटीले यसअघि सामाजिक सञ्जालमा लेखेको पुरानो पोस्ट हटाउने र सामाजिक सञ्जालबाटै सार्वजनिक रूपमा माफी माग्ने ।

छलफलमा उनले पत्रकार खड्कामाथि अपमानजनक तथा भ्रामक पोस्ट गर्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा यस विषयमा कुनै टिप्पणी नगर्ने प्रतिबद्धता जनाए ।

पत्रकार खड्काले सञ्चालन गर्दै आएको अनलाइनमा बिचौलिया इनम सापकोटा र नेपाली कांग्रेससँग सम्बन्धित समाचार प्रकाशित भएपछि सिवाकोटीले खड्कालाई लक्षित गर्दै सामाजिक सञ्जालमा व्यक्तिगत आक्षेप लगाएका थिए ।

 

 

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top