२३ कार्तिक , काठमाण्डौ ।
दीपावलीको रात भारतको मध्यप्रदेश राज्यमा छुट्टाछुट्टै घरमा भीषण आगलागी हुँदा १२ जनाको मृत्यु ।
कटनी र सिवनी जिल्लामा भएका दुई फरक घटनामा केही अन्य व्यक्ति घाइते ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर ।
मध्यप्रदेशको कटनी जिल्ला सदरमुकामबाट करिब ५५ किलोमिटर टाढा रहेको बरही कस्बामा आइतबार राति भाँडाकुँडा पसलमा अचानक आगो लाग्दा पसलमाथिकै भवनमा बस्दै आएको परिवारका सदस्यहरु घरभित्र सुतिरहेका बेला सो घटनामा परि ६ जनाको मृत्यु ।
मृतकमा दुई वृद्धवृद्धा, एक महिला र तीन बालबालिका ।
आगलागीबाट एक पुरुष र एक महिला भने जसोतसो बाहिर निस्केर ज्यान जोगाउन सफल ।
यता सिवनी जिल्लाको छपारा नगरमा पनि अर्को हृदयविदारक आगलागी ।
छपारा नगरको महावीर वार्डस्थित जैन मोहल्लामा सोमबार बिहान सुनचाँदी व्यवसायीको घरमा अचानक आगो लागेको भारतीय मिडियामा उल्लेख ।
राति सबैजना सुतिरहेका बेला लागेको आगो तीव्र गतिमा फैलिँदा घरभित्र रहेका मानिसहरूले बाहिर निस्कने अवसर पाएनन् ।
घटनामा एउटै परिवारका ६ जनाको मृत्यु ।
चार जनालाई सुरक्षित उद्धार गरिएको र उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी ।
दुवै घटनामा आगलागीको वास्तविक कारण भने खुल्न सकेको छैन ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जानकारी ।



