२६ कार्तिक , काठमाण्डौ ।
नेपालमा माथिल्लो वायुमण्डलमा सक्रिय न्यूनचापीय प्रणालीका कारण मौसममा प्रभाव ।
हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने अन्य भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा ।
महाशाखाका अनुसार आज बिहीबार पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान ।
माथिल्लो वायुमण्डलमा सक्रिय न्यूनचापीय प्रणालीका कारण विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली र हल्का वर्षाको प्रभाव देखिने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह ।



