जबरजस्ती करणीमा दोषी ठहर भएका कैदी वीरगञ्जबाट फरार

२६ कात्तिक २०८३, बिहीबार
Share this
765shares

२६ कार्तिक , काठमाण्डौ ।

Advertisement

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी वीरगञ्ज कारागारबाट फरार ।

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई १४ वर्ष कैद सजाय भोगिरहेका पर्साको पोखरिया नगरपालिका–स्थित सतवरियाका सुनिल साह वीरगञ्ज कारागारबाट भागे ।

Advertisement

नाम: सुनिल साह तुरहा
बुबाको नाम: प्रभु साह तुरहा
मुद्दा : जबरजस्ती करणी
उमेर : २५ वर्ष

बिहीबार बिहान सरसफाइ गर्ने क्रममा सुरक्षाकर्मीको आँखा छलेर कारागारको पर्खाल नाघ्दै भागेको प्रहरीको भनाइ ।

साहले कैद भुक्तान गर्न अब दुई वर्ष मात्रै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लको भनाइ ।

कारागारका कर्मचारी तथा सुरक्षाकर्मीका विश्वासपात्र रहेका साह फरार भएपछि प्रहरीले आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै खोजी कार्य तीव्र पारेको उल्लेख ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top