एनभिडियाको सीईओमा फर्किदै हुआङ ? ट्रम्पको मन्जुरी, २ लाख हस्ताक्षर (भिडिओसहित)

१ मंसिर २०८३, मंगलबार
Share this
716shares

०१ मंसिर , काठमाण्डौ ।     विश्वकै टेक कम्पनीमा हलचल निम्ताएको विश्वकै ठुलो एआई चिप निर्माता कम्पनी एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङलाई पुनः पदमा फर्काउने पक्षमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प समेत उभिएका छन् । उनले हुआङलाई पुनः पदमा फर्काए आफूलाई कुनै आपत्ति नहुने बताएका छन्। चिनियाँ जासुस रहेको आरोप लागेकी एलिस हुआङ र एनभिडियाकै हेल्थकेयरकी उपाध्यक्ष रहेकी किम्बर्ली पावेलसँग विवाहेतर सम्बन्ध रहेको खुलासापछि जेन्सेन हुआङले यही नोभेम्बर १२ एनभिडियाको सीईओ पदबाट राजीनामा दिएका थिए। हुआङले राजीनामा दिएपछि एनभिडियाकी वित्त प्रमुख कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिइएको छ। राष्ट्रपति ट्रम्पले सोमबार ह्वाइट हाउसबाट बाहिर निस्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै हुआङका विषयमा आफ्नो विचार राखेका हुन्।

Advertisement

ट्रम्पले भने, ‘मलाई लाग्छ, सायद एउटा पाठ अर्कोभन्दा बढी महत्त्वपूर्ण छ, तर उनलाई फेरि पदमा देखेमा मलाई निश्चित रूपमा कुनै आपत्ति हुँदैन।’ हुआङका सहयोगीहरूले पनि उनको पुनर्बहाली माग गरिरहेका छन्। यो घटनाले एनभिडियालाई संकटमा पारेको छ। कम्पनीले एआई उद्योग र यसको द्रुत विस्तारमा प्रमुख भूमिका खेल्छ। यद्यपि स्पेसएक्सका प्रमुख इलोन मस्क र फोर्टनाइट खेल बनाउने कम्पनी एपिक गेम्सका सीईओ टिम स्विनीलगायत धेरै जना ठुला व्यवसायी हुआङको फिर्ताका पक्षमा देखिएका छन्।उनीहरूले एनभिडिया सञ्चालक समितिलाई हुआङलाई सीईओमा फर्काउन अनुरोध गरेका छन्। बीबीसीका अनुसार १ लाख ७५ हजारभन्दा बढी मानिसले हुआङको पुनर्बहाली माग गर्दै खुलापत्रमा हस्ताक्षर गरेका छन्। पत्रमा कम्पनी सञ्चालक समितिलाई आन्तरिक अनुसन्धान पूरा नभएसम्म हुआङलाई सीईओको रूपमा पुनस्र्थापित गर्न आग्रह गरिएको छ।विश्वकै सबैभन्दा मूल्यवान् सेमिकन्डक्टर कम्पनी एनभिडियाका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङले आफ्नो विवाहेत्तर सम्बन्ध रहेको स्वीकार गरेका छन् । हुवाङ विदेशी गुप्तचर निकायको निशानामा परेको भन्ने प्रतिवेदन सार्वजनिक भएपछि एनभिडियाको सञ्चालक समितिले यस विषयमा स्वतन्त्र अनुसन्धान सुरु गरेको छ । ६३ वर्षीय हुवाङले एनभिडियाका कर्मचारीहरूलाई पठाएको पत्रमा आफूबाट गम्भीर गल्ती भएको बताउँदै परिवार र कम्पनीसँग माफी मागेका छन् । “मैले मेरी पत्नीप्रति विश्वासघात गरें, मेरा कार्यहरूले उहाँ र हाम्रा बालबालिकालाई गहिरो चोट पु¥याएका छन्, मैले गरेको कामको कुनै बहाना हुन सक्दैन,“ हुवाङले लेखेका छन् । हुवाङले सन् १९८५ मा लरी हुवाङसँग विवाह गरेका थिए र उनीहरूका दुई सन्तान छन् ।यो विवाद सिङ्गापुरमा आधारित डेटा सेन्टर कम्पनी मेगास्पिड कि पूर्व कार्यकारी एलिस हुवाङसँग जेन्सन हुवाङको निकट सम्बन्ध सार्वजनिक भएपछि सतहमा आएको हो । जेन्सन हुवाङ र एलिस हुवाङबिच कुनै पारिवारिक नाता छैन । अमेरिकी गुप्तचर निकायहरूले एलिस हुवाङलाई चीनको मुख्य गुप्तचर संस्था राज्य सुरक्षा मन्त्रालयले भर्ती गरेको एजेन्ट भएको आशङ्का गरेका छन् । अमेरिकी अधिकारीहरूका अनुसार एलिस हुवाङले एनभिडियाका उच्च प्रविधियुक्त एआई चिप चीनमा गैरकानुनी रूपमा ओसारपसार गर्न र अमेरिकी प्रविधि सम्बन्धी जानकारी सङ्कलन गर्न भूमिका खेलेकी थिइन् ।

मेगास्पिडले पछिल्लो दुई वर्षमा एनभिडियाबाट ४.८ अर्ब डलर मूल्यका एड्भान्स एआई चिप खरिद गरेको थियो । जसलाई अलिबाबा जस्ता चिनियाँ दिग्गज प्रविधि कम्पनीहरूलाई कम्प्युटिङ पावर भाडामा दिन प्रयोग गरिएको बताइएको छ । अमेरिकी वाणिज्य विभाग र न्याय विभागले मेगास्पिडमाथि निर्यात प्रतिबन्ध उल्लङ्घन गरेको विषयमा अनुसन्धान गरिरहेका छन् । एनभिडियाको सञ्चालक समितिले बाह्य कानुनी सल्लाहकारको सहयोगमा स्वतन्त्र निर्देशकहरूको समितिले अनुसन्धानको निगरानी गर्ने जनाएको छ । बोर्डले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोपनीयता भङ्ग भएको भन्ने कुनै आधार नभएको स्पष्ट पारेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत वसन्त ऋतुमै ह्वाइट हाउस र उच्च अधिकारीहरूलाई यस विषयमा क्लासिफाइड मेमो मार्फत चेतावनी दिएका थिए । तर, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जेन्सन हुवाङको बचाउ गर्दै उनलाई ’आदरणीय व्यक्ति’ भनेका छन् । ट्रम्पले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूले यस विषयमा हुवाङसँग कुरा नगरेको भए पनि उनीप्रति आफ्नो विश्वास कायम रहेको र हुवाङले देशका लागि ठुलो योगदान दिएको बताएका छन् ।

Advertisement

अमेरिकी संसद्को हाउस अफ कमन्स अन्तर्गतका विदेश मामला समिति, जासुसी समिति र चिनियाँ कम्युनिस्ट पार्टी सम्बन्धी समितिका सभापतिहरूले जेन्सन हुवाङलाई नोभेम्बर १८ मा बन्दसत्रीय छलफलमा उपस्थित भई स्पष्टीकरण दिन औपचारिक पत्र पठाएका छन् । सिनेटर एलिजाबेथ बारेनले पनि संसद्‍बाट जवाफ माग गर्दै एड्भान्स अमेरिकी प्रविधि चीनसम्म पुग्न नदिन थप कडा कानुन बनाउनुपर्नेमा जोड दिएकी छिन् । सन् १९९३ मा स्थापना भएको एनभिडिया हाल ४ ट्रिलियन डलरभन्दा बढी बजार पूँजीकरणसहित विश्वकै सबैभन्दा मूल्यवान् कम्पनीहरूमध्ये एक बनेको छ । अमेरिका र चीनबिच प्रविधि र एआईको क्षेत्रमा आधिपत्य जमाउने प्रतिस्पर्धा चलिरहेका बेला एआई उद्योगका प्रमुख व्यक्तित्वमाथि लागेको यो आरोपलाई अन्तर्राष्ट्रिय प्रविधि क्षेत्र र शेयर बजारमा ठुलो चासोका साथ हेरिएको छ । उता चीनको सामाजिक सञ्जाल वेइबोमा हुवाङको सम्बन्ध सम्बन्धी खबर ४ करोडभन्दा बढी पटक हेरिए पनि जासुसी सम्बन्धी विषयलाई भने चिनियाँ सञ्चारमाध्यमहरूमा सीमित गरिएको छ ।

६३ वर्षीय जेन्सेन हुआङले सन् १९९३ मा ३० वर्षको उमेरमा क्रिस मालाचोस्की र कर्टिस प्रिमसँग मिलेर एनभिडियाको सह–स्थापना गरेका थिए। कम्पनी स्थापना भएदेखि नै उनी अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक समितिका सदस्यका रूपमा कार्यरत छन्। एप्पलका दिवंगत प्रमुख स्टिभ जब्सपछि निकै कम यस्ता सीईओ छन्, जो आफ्नो कम्पनीकै पहिचान बनेका छन्। हुआङले त आफ्नो एक हातमा एनभिडियाको लोगोबाट प्रेरित ट्याटुसमेत खोपाएका छन्।ताइवानमा जन्मिएका हुआङ बाल्यकालमै अमेरिका पुगेका थिए। उनले ओरेगन स्टेट युनिभर्सिटी र स्ट्यानफोर्ड युनिभर्सिटीबाट इन्जिनियरिङ विषयमा डिग्री हासिल गरेका छन्। सञ्चारमाध्यमलाई दिएका अन्तर्वार्ताअनुसार हुआङ, मालाचोस्की र प्रिमले अमेरिकाको क्यालिफोर्नियास्थित सान होजेमा रहेको डेनीज रेस्टुरेन्टको एक शाखामा भेटघाटका क्रममा एनभिडिया स्थापना गर्ने सहमति गरेका थिए। रोचक कुरा के छ भने हुआङले किशोरावस्थामा त्यही रेस्टुरेन्टमा भाँडा माझ्ने कामसमेत गरेका थिए।

उता जेन्सेन हुआङसँग नाम जोडिएपछि एलिस हुआङ चर्चामा आएकी छन्। एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङसँगको सम्बन्ध र चिनियाँ जासुस भएको आरोपका कारण उनी चर्चामा आएकी हुन्। अन्तर्राष्ट्रिय स्तरमा चर्चामा आउनुअघि उनले चीनको सांघाईस्थित एक लगानी कम्पनीमा उच्च पदमा रहेर चिनियाँ वित्तीय क्षेत्रमा आफ्नो करियर बनाएकी थिइन्। त्यसपछि उनी एआई चिप्सको विश्वव्यापी प्रतिस्पर्धाको क्षेत्रमा देखा परिन्। रोयटर्सले समीक्षा गरेका ३० भन्दा बढी सार्वजनिक वित्तीय अभिलेख, कर्पोरेट फाइलिङ तथा कम्पनीका दस्तावेजअनुसार उनी सिंगापुरस्थित क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिड इन्टरनेसनलकी नियन्त्रणकारी सेयरधनी बनेकी थिइन्। न्युयोर्क टाइम्सका अनुसार अमेरिकी अधिकारीहरूले एलिसले एनभिडियाका सीईओ जेन्सेन हुआङसँग घनिष्ठ सम्बन्ध स्थापित गरी बेइजिङलाई सूचना पठाउने चिनियाँ गुप्तचर एजेन्टका रूपमा काम गरेको निष्कर्ष निकालेका छन्। यद्यपि, रोयटर्सले जासुसीसम्बन्धी उक्त आरोपको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। चीनले पनि यी आरोपहरू अस्वीकार गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top