गाउँमै पुग्यो विशेषज्ञ स्वास्थ्य सेवा, निःशुल्क शिविरबाट १ हजार ५०० बढी लाभान्वित

२ मंसिर २०८३, बुधबार
Share this
763shares

२६ कार्तिक , विराटनगर.     स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित गर्दै नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले समुदायस्तरमा निःशुल्क स्वास्थ्य सेवा विस्तार गर्ने अभियानलाई निरन्तरता दिएको छ। अस्पतालले विभिन्न स्थानीय तहसँग सहकार्य गर्दै गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरी सर्वसाधारणलाई स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।

Advertisement

यसै क्रममा कर्जन्हा नगरपालिकाको आयोजना तथा नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। कर्जन्हा नगरपालिकाका जनता आधारभूत विद्यालय–४, बढहरा, भुल्के र जनता आधारभूत विद्यालय–६, बढहरा, मिर्चैयामा सञ्चालन गरिएको शिविरबाट १ हजार ५०० भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्।

शिविरमा स्थानीय बासिन्दाले आफ्नै गाउँठाउँमा स्वास्थ्य परीक्षण तथा आवश्यक चिकित्सकीय परामर्श सेवा पाएका थिए। सामान्य स्वास्थ्य समस्या लिएर अस्पतालसम्म पुग्नुपर्ने बाध्यता भएका नागरिकका लागि गाउँमै सञ्चालन गरिएको शिविर उपयोगी बनेको छ। विशेषगरी स्वास्थ्य संस्थासम्म सहज पहुँच नभएका तथा नियमित स्वास्थ्य परीक्षण गराउन नपाएका समुदायका नागरिकले शिविरबाट लाभ लिएका छन्।

Advertisement

नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले स्वास्थ्य सेवा अस्पतालको भवन र सहरमा मात्र सीमित नराखी समुदायस्तरमै पुर्‍याउने उद्देश्यसहित यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। स्थानीय तहसँगको सहकार्यमा आयोजना गरिने स्वास्थ्य शिविरले नागरिकलाई समयमै स्वास्थ्य परीक्षण गराउन, स्वास्थ्य समस्याबारे जानकारी लिन र आवश्यक परामर्श प्राप्त गर्न सहयोग पुग्ने अस्पतालको विश्वास छ।

स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्ने मान्यताका साथ अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना तथा समुदाय केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।

अस्पतालका अनुसार स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकसम्म सेवा पुर्‍याउने अभियान आगामी दिनमा पनि निरन्तर जारी रहनेछ। समुदायको आवश्यकता र स्थानीय तहसँगको समन्वयका आधारमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने लक्ष्य अस्पतालले राखेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top