३ मंसिर , काठमाण्डौ।
नेपाली बजारमा आज पनि सुन–चाँदीको भाउ घट्यो ।
गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले आज पनि पायो निरन्तरता ।

बुधबार प्रतितोला ६ हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ आज भने तोलामा तीन हजार तीन सय रूपैयाँले घटेर प्रतितोला दुई लाख ५७ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले दियो जानकारी ।
बुधबार सुन प्रतितोला दुई लाख ६० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट ।
बुधबार प्रतितोला तीन हजार तीन सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा तीन हजार तीन सय ३५ रूपैयाँमा किनबेच हुँदै ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँले घटी ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार सात सय २९ अमेरिकी डलरमा कारोबार हुँदै ।



