भौगर्भिक सम्मेलन आजदेखि, २७ देशका ३५० भूगर्भविद् सहभागी हुँदै

३ मंसिर २०८३, बिहीबार
Share this
777shares

३ मंसिर , काठमाण्डौ।

Advertisement

नेपाल भौगर्भिक समाजको आयोजनामा १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै ।

मंसिर ५ गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न २७ देशका ३५० भन्दा बढी भूगर्भविद्, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विज्ञ सहभागी हुने ।

Advertisement

समाजका महासचिव शिवकुमार बाँस्कोटाका अनुसार सम्मेलनको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम ।

हिमालय क्षेत्रको भूगर्भीय अवस्था, भूगर्भ विज्ञानका नवीनतम अनुसन्धान तथा उपलब्धि, प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण, जलवायु परिवर्तन र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनबारे वैज्ञानिक ज्ञान तथा अनुभव आदानप्रदान गर्नु सम्मेलनको मुख्य उद्देश्य ।

सम्मेलनमा विभिन्न विषयगत क्षेत्रका १७० वैज्ञानिक प्रस्तुति, सात मुख्य सत्र र पाँच विशेष वैज्ञानिक सत्र सञ्चालन हुने ।

कार्यक्रममा विश्वविद्यालय, सरकारी निकाय, विकास साझेदार संस्था तथा विभिन्न प्राज्ञिक र व्यावसायिक संस्थाका प्रतिनिधिको सहभागिता रहने ।

त्यस्तै, भूगर्भ विज्ञानसँग सम्बन्धित प्रविधि, उत्पादन तथा सेवाबारे जानकारी दिन प्रदर्शनी कक्षसमेत राखिने आयोजकको भनाइ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top