चिकित्सकीय लापरबाहीको आरोपमा अस्पतालमा तोडफोड

७ मंसिर २०८३, सोमबार
Share this
659shares

७ मंसिर , काठमाण्डौ ।

Advertisement

उपचारका क्रममा नौ महिनाकी गर्भवती महिलाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा आफन्तलेगरे आगजनी र तोडफोड।

बरहथवा नगरपालिका–५, हात्तीढुंगा पानिटंकी टोलकी २१ वर्षीया सीमा रामदेवीको उपचारका क्रममा मृत्यु भएपछि आफन्त आक्रोशित।

Advertisement

तीन दिनदेखि बिरामी रहेकी उनलाई बरहथवा नगर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

प्रहरीका अनुसार शनिबार साँझ करिब ६ बजे उपचारकै क्रममा उनी अचानक बेहोस भएकी थिइन् ।

चिकित्सकको लापरबाहीका कारण उनको अवस्था बिग्रिएको आरोप लगाउँदै आफन्तले अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी तथा तोडफोड गरेकोमा त्यसपछि थप उपचारका लागि उनलाई चन्द्रनिगाहपुरस्थित अस्पताल लगिएकोमा राति १० बजेर ५३ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइयो।

घटनाबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अस्पतालका सूचना अधिकारी राजेश गुप्ताको भनाई।

घटनामा संलग्न भएको आरोपमा चार जनालाई नियन्त्रणमा,अन्य दुई जना फरार।घटनापछि अस्पतालमा सुरक्षा व्यवस्था कडा पारियो ।

मृतकको मृत्यु चिकित्सकीय लापरबाहीका कारण भएको हो वा होइन भन्ने विषयमा भने आधिकारिक पुष्टि हुन बाँकी।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top