२०२७ का लागि १० अनुमान, विश्वभर चर्चा, आगामी वर्ष झनै कठिन!

९ मंसिर २०८३, बुधबार
Share this
749shares

९ मंसिर , काठमाण्डौ ।

Advertisement

सन् २०२६ आफ्नो अन्तिम महिनामा प्रवेश गर्दैछ । यो वर्ष मध्यपूर्वमा भारी उथलपुथल जारी रह्यो । उता यूरोप र एशियामा पनि निकै बदलाव देखियो । जसैजसै नोभेम्बर महिना सकिएर डिसेम्बरको स्वागत गर्न लागिदैछ, अब नयाँ वर्ष २०२७ का बारेमा चर्चा सुरु भएको छ ।

आगामी वर्ष कस्तो होला वा हुन्छ भन्नेमा टिकाटिप्पणी, तथ्यहरुको विश्लेषण, विभिन्न अनुमानहरु गर्न थालिएको छ । आगामी वर्ष विश्वले थप धेरै र ठूला बदलावहरु देख्ने अनुमान गरिएको छ, जुन चकित पार्ने खालका पनि हुनसक्ने ठानिएको छ । यसै संदर्भमा द इकोनोमिस्टले २०२७ का बारेमा आफ्नो अनुमान सार्वजनिक गरेको छ, जसले आगामी वर्ष ठुलो प्रभाव पार्न सक्छ ।

Advertisement

राजनीतिदेखि लिएर प्रविधिसम्मका उसका १० अनुमान यस्ता छन् ।

१. अमेरिकामा डोनाल्ड ट्रम्पपछिको समय

अमेरिकामा मध्यावधि चुनावमा डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले नमज्जाले हारेको छ । यसको असर पार्टीको आन्तरिक जीवनमा मात्रै होइन, बरु अमेरिका र विश्वमै पनि देखिने छ । अब डोनाल्ड ट्रम्पको स्थान लिनेहरुको होड चल्नेछ । र संभावना के छ भने, उनी कमजोर भन्दा पनि बढी आक्रामक ’एंग्री बर्ड’ जस्तै देखिन सक्छन् भन्दै द इकोनोमिस्टले लेखेको छ । डोनाल्ड ट्रम्पले आफ्नो प्रभाव कायम राख्न र आफ्नो विरासतलाई आकार दिनका लागि कार्यकारी आदेश जारी गर्नेछन् । उनले कानूनी लडाइँहरु पनि लड्नेछन् । ठुला ठुला संरचनाहरु बनाउने योजना ल्याउनेछन् र सैन्य कदम पनि उठाउँनेछन् । आगामी वर्ष विश्वले सोच्न थाल्नेछ कि ट्रम्पपछि अमेरिका कस्तो होला ?

२. इरान युद्धको असर
इरान युद्ध यो वर्षको सबैभन्दा ठुलो घटनाक्रम रह्यो, जसले कुनै न कुनै रुपमा सिंगो विश्वलाई प्रभावित गर्यो । यो संघर्षको कुनै स्पष्ट समाधान निस्कने जस्तो पनि अहिलेसम्म देखिएको छैन, र अनिश्चितता कायमै छ। अर्थात यो युद्धले आगामी वर्ष २०२७ मा पनि इंट्री लिने भएको हो । अर्थात इरान युद्धको परिणाम २०२७ मा पनि महसूस हुनेछ । यसले क्षेत्रीय राजनीतिलाई बदलिदिनेछ, ऊर्जा आपूर्तिका तरिकाहरुलाई नयाँ रूप दिनेछ र खाद्य सुरक्षाका लागि खतरा उत्पन्न गर्नेछ । किनभने मलको भारी कमी हुनसक्छ । अर्कातर्फ इरानको सत्ताले आफ्नो पकड थप मजबूत पार्नेछ ।

३. मौसमले पनि विश्वलाई झस्काउने
जलवायु परिवर्तनका कारण मौसममा भएको बदलावले अहिले नै विश्वको चिन्ता बढाएको छ । आगामी वर्ष यी कुराहरुले थप चिन्ता बढाउन सक्छ । २०२७ रेकर्डस्तरमा अहिलेसम्मकै सबैभन्दा तातो वर्ष हुनसक्छ । सुपर एल नीनोले आगामी गर्मी दिनहरु र अस्थिर भविष्यको झलक देखाउने छ । आगामी वर्ष थप धेरै सुख्खा, लू र डढेलो जस्ता घटनाहरु बढ्ने सम्भावना छ । यस्तो सो बेलासम्म हुनसक्छ, जबसम्म कार्बन उत्सर्जनमा तीव्र कटौती हुनेछैन । अर्थात मौसमको स्वरुपमा आगामी वर्ष विश्वको नजर केन्द्रित हुनेछ ।

४. एआईको कस्तो होला असर ?
अहिले नै एआईसंग जोडिएका जोखिमहरुको जाँच–अनुशन्धान बढिरहेको छ । जसैजसै एआई कम्पनीहरुले आफ्नो जटिल डिलहरुका लागि धेरै ऋण लिन थाल्छन्, क्रयाश अर्थात विफलताको खतरा बढ्न जानेछ । मार्केटमा चाहे जो हुन्, धेरै सक्षम एआई मोडलले साइबर हमलाको एक नयाँ लहरलाई जन्म दिने छ । कम्पनीहरु र सरकारहरुले एआई सप्लाई चेनसंग जोडिएका राजनीतिक जोखिमहरुलाई लिएर चिन्ता लिने पर्ने स्थिति आउने छ । रोजगारीहरु खोसिने वा डेटा सेंटरहरुमा ऊर्जा र पानीको खपतलाई लिएर अहिले जुन चिन्ताहरु जनाइरहेको छ त्यो आँकडाहरुमा आधारित छैन तर आगामी वर्षमा यसको चर्चा हुने छ ।

५. यूरोपमा पपुलिस्ट राइट
विश्वको ठुलो क्षेत्रमा पछिल्ला केही वर्षहरुमा राजनीतिमा दक्षिणपंथी लोकप्रियवाद (पपुलिस्ट राइट) बढीरहेको छ । २०२७ मा सबैको नजर फ्रांसमा हुनेछ, जहां दक्षिणपंथी पार्टी नेशनल र्यालीका मरीन लेपेनले राष्ट्रपति चुनाव जित्ने संभावना जनाइएको छ । फ्रांसमा मरीन पेनको जित भए यसले यूरोपेली संघलाई चलाउने फ्रेंको–जर्मन इंजिन (फ्रांस–जर्मनीको साझेदारी) मा अवरोध पैदा गर्न सक्छ । साथै भारी ऋणमा डुबेको फ्रांसको डगमगाउँदो सरकारी वित्तीय स्थितिलाई लिएर चिन्ताहरु थप बढ्नेछ ।

६. बन्ड मार्केटमा दबाव
फ्रांससहित कयौं देशहरुको बन्ड मार्केट अहिले नै मुश्किलमा छ । सरकारी फजुलखर्च, एआईसंग जोडिएका कामहरुमा तीव्रता र ऊर्जाको मूल्यमा बृद्धिका कारण बढ्दो महंगाईले विकसित देशहरुमा सरकारका लागि ऋण लिनु नै महंगो भइसकेको छ । उच्च ब्याजदरको असर कम्पनीहरु र आम परिवारहरुमा पनि परिरहेको छ । अवस्य पनि यस्तो स्थिति सधै चल्न सक्दैन । अर्थात कहीँ न कहीँ, केही न केही टुट्नेछ र यसको असर विश्वले देख्नेछ ।

७. ताइवानमा तनाव
ताइवानको मुद्दामा चीन आक्रामक रहँदै आएको छ । उसले यसलाई आफ्नो हिस्सा मान्छ । प्रविधिले युद्धको स्वरूपलाई बदलिदिएको छ, जसले गर्दा अब साना देशहरुलाई पनि ठुला शक्तिहरुको सामना गर्न सहज बनाइदिएको छ । यूक्रेन र इरानको मामिलाले पनि यो प्रमाणित गरिसकेको छ । के भनिएको छ भने सी जिनपिंगले चीनको सेनाका लागि २०२७ को समय–सीमा तय गरेका छन् । अर्थात उनी यो द्वीप कब्जाका लागि आगामी वर्ष केही गर्न सक्छन । यसमा के चीनले कुनै कदम उठाउला र त्यसमा अमेरिकाको पनि कस्तो व्यवहार होला भन्नेमा विश्वको नजर रहने छ ।

८. वजन कम गर्ने औषधिहरुको असर
वजन कम गर्नुका साथै स्लिमिंगका लागि प्रयोग हुने औषधिहरुले मानिसहरुकोे व्यवहारलाई बदलिरहेको छ । जो मानिसहरु यी औषधीको सेवनले पातलो भएका छन्, उनीहरुले नयाँ जिवन पाएको अनुभव गरिरहेका छन् । यसले उनीहरुको किनमेल पनि बढाइदिएको छ । यी मानिसहरु कपडा, कस्मेटिक्स र फिटनेससंग जोडिएका वस्तुहरुमा निकै खर्च गरिरहेका छन । यी औषधीहरुको सफलताले फार्मास्युटिकल कंपनिहरुका बीच लामो आयु बढाउने चिकित्सा पद्धतिहरुमा पुनः रुची जागेको छ ।

९. अंतरिक्षमा हुने छ सस्तो लन्च
स्पेसएक्सको विशाल स्टारशिपले नियमित रूपमा स्याटेलाइट लन्च गर्न गइरहेको छ । आगामी वर्ष चीनको रकेट बनाउने कंपनिहरुले पनि बूस्टरको पुनः प्रयोग (रीयूज) को प्रदर्शन गर्नेछन् । सस्तो लन्चले निजी स्पेस स्टेशनहरुका लागि बाटो खुल्नेछ र अर्बिटमा डेटा सेंटर बनाउने संभावना पनि बढ्नेछ । यो सुन्दा भलै अनौठो लाग्ला तर यो वास्तविक हुनसक्छ ।

१०. हलिउडमा के होला ?
स्टार वार्सलाई यसको ५०औं वर्षगाँठमा फेरि रिलीज गर्न लागिएको छ । एक नयाँ फिल्ममार्फत यो फ्रेंचाइजीलाई रीबूट गर्ने योजना छ । यसको अलावा एभेंजर्सको पनि फिर्ती भइरहेको छ । र एक नयाँ जेम्स बन्ड पनि आउन लागेका छन् । स्टार वार्समा एक सैन्य महाशक्ति सानो र सस्तो यानहरुका अघि कमजोर देखिनु, आफ्नो अलग एजेंडा र मनोमानी गर्ने ड्रइड्स र डेटा चोरी हुने चेतावनीलाई हेर्दा २०२७मा स्टार वार्सले चर्चा बटुल्न सक्ने अनुमन गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top