११ मंसिर , काठमाण्डौ ।
नेपाली कांग्रेस शेरबहादुर देउवा समूहले यही मंसिर १३ र १४ गते गर्न लागेको कर्णाली प्रदेश अधिवेशनमा सभापति पदका निम्ति चार आकांक्षी देखिए ।
प्रदेश नेतृत्व सहमतिमै चयन गर्ने प्रयास भइरहे पनि सभापतिका निम्ति चार आकांक्षी देखिएपछि चुनौती थपियो ।

देउवा समूहमा कर्णाली प्रदेश सभापतिका निम्ति कालीकोटका दमनबहादुर शाही, सल्यानका यज्ञराज डाँगी, मुगुका खगेन्द्र मल्ल र दैलेखका एकेन्द्र पन्त आकांक्षीका रूपमा अगाडि आए ।
कर्णालीको नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने प्रयासस्वरूप देउवा पक्षका नेताहरू आन्तरिक छलफलमा जुटे ।
चार आकांक्षी देखिएपछि उनीहरूलाई सहमतिमा ल्याउने र प्रदेश नेतृत्वमा साझा उमेदवार तय गर्ने कोसिस जारी ।
कर्णाली प्रदेश अधिवेशन उद्घाटनमा पूर्वसभापति शेरबहादुर देउवा उपस्थित हुने तय ।





