निर्मला पन्त हत्या प्रकरण : तीन महिनामा उपलब्धि शून्य, यसरी हुँदैछ अनुसन्धान

निर्मला पन्त हत्या प्रकरण : तीन महिनामा उपलब्धि शून्य, यसरी हुँदैछ अनुसन्धान

कञ्चनपुर : निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना पुग्दा पनि दोषी पत्ता लगाउन गरिएका अनुसन्धानको उपलब्धि शून्य रहेको छ । , यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रहरीले आफ्नै तरिकाले गरेका अनुसन्धान र सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले शंकास्पद देखाएका सबै व्यक्तिसँग गरिएको सोधपुछबाट अहिलेसम्म ठोस तथ्य फेला पर्न सकेको छैन ।

कञ्चनपुर प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले भने, ‘विभिन्न नयाँ नयाँ टुल, शैली प्रयोग गरी विभिन्न कोणबाट हामीले अनुसन्धान गरिरहेका छौं ।’

उनले अनुसन्धान साँघुरिँदै गएको पनि बताए । शंकाको घेरमा रहेका डेढसय जनाभन्दा बढीलाई सोधपुछ गरिसकेको जानकारी उनले दिए ।

उनका अनुसार अन्य शंकास्पद विभिन्न व्यक्तिलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.