व्यापार घाटा वृद्धिदर हालसम्मकै उच्च

व्यापार घाटा वृद्धिदर हालसम्मकै उच्च

काठमाडौं : चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको व्यापार घाटा साढे तीन खर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४६ प्रतिशतको वृद्धि हो ।

पछिल्ला वर्षमा निर्यात र आयातबीचको अन्तर निरन्तर फराकिलो बन्दै गएको छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

नेपालको सन्दर्भमा व्यापार घाटा बढ्नु नौलो नभए पनि तीन महिनाको व्यापार घाटा वृद्धिदर हालसम्मकै उच्च हो ।

अमेरिकी डलरको भाउ आकाशिएसँगै पछिल्ला महिनामा व्यापार घाटा वृद्धिदरले पनि निरन्तर नयाँ रेकर्ड बनाउँदै गएको छ ।

यही महिनामा एक अमेरिकी डलरको विनिमय दर ११८ रुपैयाँ पुगिसकेको छ । यो हालसम्मकै उच्च हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.