प्रदेश १ मा समुदाय प्रहरी साझेदारी कार्यक्रम

१० कात्तिक ७५, आइतबार

विराटनगर,कार्तिक ११
प्रदेश नं १ मा नेपाल प्रहरीले समुदायसँगको सहकार्यमा शान्तिसुरक्षा लगायतका कामलाई प्रभावकारी बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि सारेको छ । नेपाल प्रहरीले स्थानीय तहसँगको सहकार्यमा शान्तिसुरक्षा लगायतका कामलाई प्रभावकारी बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम आजबाट कार्यान्वयमा ल्याएको हो ।

कार्यक्रमको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । कार्यक्रममा मुख्यमन्त्री राईले भष्ट्रचार र अपराधमुक्त प्रदेश बनाउने प्रदेश सरकारको योजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम लागू भएसगै थप सहयोग पुग्नेमा आफु आशावादी बनेको बताए । उनले शान्ति सुरक्षा बिना बिकास असम्भव रहेकाले यो कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वय गर्न समुदायको सहयोगको आवश्यतामा पनि जोड दिएका छन्।

Advertisement

कार्यक्रममा स्थानीय तहमा कार्यक्रम कार्यान्वयनसम्बन्धी नेपाल प्रहरीले तयार पारेको समझादारीपत्रमा स्थानीय तहका प्रमुख र मोरङका प्रहरी प्रमुख मनोज केसीले हस्ताक्षर गरेका छन् । उर्लाबारी,रतुवामाई,लेटाङ,रंगेली नगरपालिकासहित मिक्लाजुङ र वुढीगंगा गाउँपालिकाका प्रमुखले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

अब प्रदेश नं १ अन्तर्गतका १ सय ३७ स्थानीय तहमा यो कार्यक्रम लागू हुनेछ । समझादारीपत्रमा स्थानीय तह र प्रहरीबीच साझेदारी निर्माणको प्रक्रिया, समुदाय प्रहरी समितिको काम कर्तव्य र जिम्मेवारी, कार्यक्षेत्र, समुदाय केन्द्रित कार्यक्रमका प्रमुख प्राथमिकता र गतिविधि, विद्यालय केन्द्रित कार्यक्रमलगायतका विषय समेटिएका छन् ।

कार्यक्रममा १ नं प्रदेश प्रहरीका प्रमुख केदार रिजालले समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणबारेमा जनाकारी गराएका थिए । सो कार्यक्रममा सामाजिक बिकास मन्त्री जीवन घिमिरे,आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की लगायतले समुदाय प्रहरी साझेदारी कार्यक्रम लागू भएसगै प्रदेशलाई अपराधमुक्त बनाउने योजनालाई सार्थक हुनेमा विश्वास व्यतm गरेका थिए । कार्यक्रममा ३० भन्दा बढी स्थानीय तहले समझादारीपत्रमा हस्ताक्षर गरेको जानकारी दिइएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top