कृषि उपज तरकारी संकलन केन्द्रको नयाँ भवन निर्माण

११ कात्तिक ७५, आइतबार
Share this
800shares

विराटनगर,कात्तिक ११
उदयपुरको रौतामाई गाउपालिका –१ माझखर्क स्थित कृषि उपज तरकारी सकलन केन्द्र नयाँ भवन निर्माण भएको छ ।

Advertisement

श्री चित्रेथान कृषि सहकारी सस्था द्धारा संचालित सो कृषि उपज तरकारी सकलन केन्द्र को नवनिर्मित भवनको उद्घाटन शनिबार प्रदेश नं १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले गरेका हुन् ।

सो नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री घिमिरेले बेदैशिक रोजगारी को मोहलाई त्याग गर्दै युवाहरूलाई बैज्ञानिक कृषि प्रणाली अबलम्बन गर्नु पर्ने बताए ।

Advertisement

उनले कृषि भण्डार निर्माणमा प्रदेश सरकार बाट सहयोग गर्ने बताए ।सो कार्यक्रम मा प्रदेश नं १ का प्रदेशसभा सदस्य बिमल कार्की, बिजय बिस्वास ,श्री अम्बिका थापा ,सुनिता चौधरी लगायतको समेत उपस्थिती रहेको थियो ।

वडा कार्यालयको भवन उद्घाटन

Advertisement


उदयपुरको रौतामाइ गाउँपालिका भुटार वडा नं–८ पुवारे भञ्ज्याङ्मा वडा कार्यालयको भवन निर्माण भएको छ ।

शनिबार भवनको उद्घाटन कार्यक्रममा प्रदेश न १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरे, प्रदेश नं १ का प्रदेश सांसद् बिमल काकी ,बिजय बिश्वास ज्यु अम्बिका थापा ,सुनिता चौधरी लगायतको समेत उपस्थित रहेको थियो

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top