×

NEPAL TIMES UPDATES

Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026

एएफसी यू–१९ : पाकिस्तानको पोस्टमा नेपालको ९ गोल

११ कार्तिक २०७५

काठमाडौँ,कात्तिक ११

था्रइल्याण्डमा जारी एएफसी यू–१९ च्याम्पियनसिप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा पाकिस्तानलाई ९–० को फराकिलो अन्तरले हराएको छ । थाइल्याण्डको चोनबुरी रंगशालामा भएको खेलामा नेपालले एकतर्फी पाकिस्तानलाई पूर्ण रुपमा दबाबमा राख्दै सहज जित दर्ता गरेको हो ।

Advertisement
Advertisement

पहिलो हाफमा नै ३ गोल चखाएको नेपालका मन्जली कुमारी योन्जनले दोस्रो मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकि थिइन् । दायाँ विङबाट आएको क्रस गोलरक्षकले बचाउन नसक्दा मन्जलीले ६ यार्ड बक्स भित्रबाट सहजै गोल गरिन् ।

३१ औं मिनेटमा सम्झना लावतीले नेपालको अग्रता दोब्बर पारिन् । मन्जलीको क्रसमा उनले ६ यार्ड बक्सभित्रबाट गोल गरेकी हुन् । अलिसा जिम्बाले ३७ औं मिनेटमा क्रसबाट आएको बललाई पेनाल्टी क्षेत्रभित्रबाट पोस्टको दिशा दिंदै ३–० को अग्रता दिलाइन ।

त्यस्तै नेपालले दोस्रो हाफको सुरुवातीमै गोल गर्दै अग्रता बढाएको थियो । ४८ औं मिनेटमा सम्झना लावतीको क्रसमा पुजा रानाले हेडरमार्फत गोल गरिन् । त्यसको केहि मिनेटमै पुजाले अर्को गोल थपिन ।

पाकिस्तानी डिफेन्डरले दिएको ब्याक पासलाई उनले कन्ट्रोल गर्दै पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरेकी थिइन् । ५७ औं मिनेटमा निशा थोकरले अर्को गोल गरिन् । उनले बायाँ विङबाट गरेको फ्रिकिक प्रहार सिधै गोलमा परिणत भएको थियो ।

७४ औं मिनेटमा निशाले पेनाल्टीबाट गोल गर्दै नेपाललाई ७–० को अग्रता दिलाइन । निशाले नै ८५ औं मिनेटमा गोल गर्दै नेपालको अग्रता बढाइन । कप्तान सरु लिम्बूले ८९ औं मिनेटमा गोल गर्दै ९–० ले अगाडी बढाइन । उनले दायाँ विङबाट गरेको क्रस गोलरक्षकले बुझ्न नसक्दा सिधै गोल भएको थियो ।

नेपालले खेलको अधिकांश समय पकड बनाएपनि पोस्टमा गरेको आक्रमण सटिक हुन सकेन । नेपालका लागि प्रभावशाली फरवार्ड रेखा पौडेल पाकिस्तानविरुद्ध खेलेकी थिइनन् । पछिल्लो खेलमा भारतविरुद्ध दुई गोल गरेकी रेखा लगातार दोस्रो खेलमा पहेंलो कार्ड पाएपछि प्रतिबन्धित भएकी हुन् ।

Advertisement
Advertisement

यससँगै नेपाल एएफसी यू–१९ च्याम्पियनसिपको अर्को चरणमा पुग्ने सम्भावना बलियो भएको छ । अब समूहको अर्को खेलमा थाइल्याण्डले भारतलाई पराजित गरेमा नेपाल समूहको दोस्रो स्थानमा रहेर अन्तिम चरणमा छनोट हुनेछ । प्रतियोगिताको अन्तिम चरण पनि थाईल्यान्डमा हुने भएकाले नेपाल दोस्रो स्थानमा रहेपनि छनोट हुने भएको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top