रक्सी पिएर ‘ग्याङफाइट’ गर्दा एक नेपाली युवतीको मृत्यु, अन्य तीन जना घाईते

१० कात्तिक ७५, आइतबार

काठमाडौँ,कात्तिक ११
युएईको शारजाहस्थित एक कम्पनीमा कार्यरत नेपाली महिलाको ज्यान गएको छ । सो कम्पनीमा कार्यरत नेपाली महिलाले मदिरा पिएर झगडा गरेको र उग्ररुप लिँदै एक महिलाको ज्यान गएको हो ।

Advertisement

युएईमा रोजगारीका क्रममा रहेकी नुवाकोट घर भएकी सबिना तामाङ्गले विहीबार राति मादक पदार्थ पिएर झगडा थालेकी थिइन् । त्यसक्रममा कम्पनीका कार्यरत अन्य नेपाली महिलामाथि चक्कु प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सृजना बरालको सघन उपचार कक्षमा उपचार हुँदा हुँदै मृत्यु भएको हो । चक्कु प्रहारपछि घाइते हुनेमा काठमडौँकी ममता चौधरी, सलिना मगर र आशा दर्जी रहेका छन् । घाइतेलाई प्रहरीले एम्बुलेन्समार्फत् तत्कालै अल काशिमी अस्पताल लगेको थियो।

Advertisement

अन्य घाइते ममता चौधरीको अझै उपचार भइहेको छ, उनको अवस्था सुधारोन्मुख । सामान्य घाइते सलिना मगर र आशा दर्जीलाई उपचारपछि डिस्चार्ज गरिएको छ।

मादक पदार्थले मातेर चक्कु हान्ने सबिना तामाङ्गलाई उनले प्रयोग गरेको चक्कुसहित प्रहरीले नियन्त्रणमा लिएको छ। युएईको कानुन अनुसार हत्या अभियोगमा दोषी देखिएमा मृतकको परिवारको इच्छाअनुरुप मृत्युदण्ड, मृत्युदण्डको साटो ब्लडमनि अथवा माफी पनि हुन सक्छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top