विराटनगरका इराकी कतारमा सम्मानित

११ कात्तिक ७५, सोमबार

विराटनगर, कार्तिक १२
विराटनगरका युवा अभियन्ता चाँदबाबु ईराकीलाई नेपाली मुस्लिम समाज कतारले सम्मान गरेको छ ।

Advertisement

कतारको दोहा स्थित नेपाली मुस्लिम समाज कतारले आयोजना गरेको एक सरसफाई कार्यक्रममा नेपाली मुस्लिम समाज कतारका अध्यक्ष इंजीनियर अय्यूबले इराकीलाई सम्मान पत्र हस्तांन्तरण गरे ।

कतारमा कार्यरत रहेको नेपाली मुस्लिम कामदारहरुको साझा संस्था नेपाली मुस्लिम समाजले आयोजना गरेको समुन्द्र नजिक रहेको अल वकरा किनार सरसफाई कार्यक्रममा पुगेका इराकीलाई समाजमा उदाहरणीय योगदान पु¥याएकोले सम्मान गरिएको नेपाली मुस्लिम समाज कतारले जनाएको छ ।

Advertisement

लियो क्लब बहुजिल्ला परिषद् ३२५ नेपालका निबर्तमान अध्यक्ष इराकी पछिल्लो समय सामाजिक सेवामा निकै सक्रिय छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top