विवेक नपुर्याउँदा माथिल्लो तामाकोसी जलविद्युतमा स्थानीयवासी ठगिए, ३ बर्षसम्म लगानी फ्रिज

१२ कात्तिक ७५, मंगलबार

काठमाडौं,कात्तिक १२
दोलखा घर भई हाल स्वयम्भूमा बस्दै आएका सानु मानन्धरले आफ्नो परिवारका ११ जना सदस्यको नाममा माथिल्लो ताकोकोसी जलविद्युत आयोजनाले स्थानीयवासीका लागि जारी गरेको सेयरमा प्रतिसदस्य ३०/३० कित्ता आवेदन दिए ।

एउटै आवेदकको धेरै कित्ता सेयर नपर्ने सामान्य जानकारी पाएका उनले परिवारका सबै सदस्यको नाममा सेयर आवेदन गर्दा हाल सर्वसाधारणको लागि खुलेको सेयरमा आवेदन दिनबाट वञ्चित भएका छन् भने ३ बर्षसम्म बिक्री गर्नै नपाउने सेयरमा उनको लगानी फ्रिज भएको छ ।

मानन्धर एक प्रतिनिधि पात्र मात्र हुन् । विवेकपूर्वक लगानी गर्न नजान्दा उनीजस्तै माथिल्लो तामाकोसी आयोजनाका प्रभावित एवं स्थानीयवासी पनि ठगिएका छन् । आयोजनाले विभिन्न चरणमा निष्कासन गरेको सेयरमा उचित लगानी गर्न नजान्दा यस्तो अवस्था आएको हो । स्थानीय जनप्रतिनिधिहरुले समेत आयोजनामा लगानी गर्न सुझाए पनि अरु केही थाहा नभएको उनले बताए ।

Advertisement

आयोजनाले गत भदौमा प्रभावित एवं स्थानीयवासीका लागि १ अर्ब ५ करोड रुपैंया बराबरका १ करोड ५ लाख कित्ता सेयर छुट्याएको थियो जसमध्ये २ लाख २२ हजार आवेदकले आवेदन दिएका थिए । न्यूनतम आवेदन दिनेको संख्यालाई छोड्दा समेत उक्त सेयर स्थानीयले औसत ४७ कित्ता प्राप्त गरेका छन् तर यो शेयर ३ बर्षसम्म दोस्रो बजारमा बेच्न पाइँदैन भने पअिले नै सेयर पाएका कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र स्थानीयवासीले आवेदन दिन पाउँदैनन् ।

आगामी बिहीबारदेखि तामाकोसीले सर्वसाधारणका लागि १ अर्ब ५८ करोड बराबरका १ करोड ५८ लाख कित्ता सेयर निष्कासन गर्दैछ । उक्त सेयरमा करिब ३ लाख आवेदक पुग्नसक्ने निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषको अनुमान छ ।

Advertisement

कोषको सेयर शाखाका प्रमुख किशोरजंग कार्कीका अनुसार सञ्चय कोषका सञ्चयकर्ता कर्मचारी र स्थानीयको ठूलो सहभागिता भइसकेको र पहिले भरेका आवेदकले सर्वसाधारणका लागि छुट्याइएको सेयरमा आवेदन दिन नपाउने भएकोले आवेदक संख्या ३ लाखमा सीमित हुनसक्ने पछिल्लो अनुमान गरिएको जानकारी दिए ।

तर ३ लाखको संख्यामा आवेदक पुग्न पनि हालसम्मको आईपीओ इतिहासमै नयाँ रेकर्ड कायम गर्नुपर्ने अवस्था भएकोले त्यो सहज नभएको विश्लेषकहरु बताउँछन् । त्यसमाथि तामाकोसी आयोजना सम्पन्न हुन ढिलाई हुँदा लागत बढ्दै गएको अवस्थामा लगानीकर्ताको आकर्षण थप घट्ने हुनाले पनि आवेदक संख्याले ऐतिहासिक रेकर्ड बनाउन कठिन हुनसक्छ ।

कोषले अनुमान गरेकै संख्यामा आवेदकले आवेदक आए पनि एक आवेदकले न्यूनतम ५० कित्ता भन्दा बढी सेयर पर्ने निश्चित छ । आवेदकको संख्या घटेको अवस्थामा यो दर थप बढ्नेछ । साधारण सेयरधनीका लागि खुलाइएको सेयर दोस्रो बजारमा तत्काल बिक्री गर्न मिल्छ तर स्थानीयवासीको सेयर ३ बर्षसम्म बिक्रीका लागि योग्य हुँदैन ।

यसरी लगानीको लागि विवेकपूर्ण निर्णय गर्न नसक्दा स्थानीय लगानीकर्ताले आफ्नो लगानी ३ बर्ष फ्रिज हुने अवस्था आएको छ भने प्राप्त गरेको सेयर संख्या समेत न्यून देखिएको छ ।

४५६ मेगावाटको सो आयोजना आउदो असारसम्म सम्पन्न हुने लक्ष्य लिएको छ । भूकम्प नाकावन्दी र समय लम्बिएका कारण आयोजनाको लागत बढेर ६५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । विद्युत उत्पादनको पहिलो वर्ष ९ अर्ब रुपैयाँ आम्दानी गर्ने छ ।,विकास न्युजबाट

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top