बहुविवाहका नाममा प्रहरीले दुःख दियोः शसस्त्र प्रहरी

१४ कात्तिक ७५, बिहीबार

विराटनगर,कार्तिक १५
शसस्त्र प्रहरी हवल्दार प्रयागकुमार खाँले नेपाल प्रहरीले आफुलाई बहुविवाहको झुठो मुद्धामा फसाउन खोजेको आरोप लगाएका छन् ।दुहवी नगरपालिका वडा नं २ घर भई बुढीगंगा गाउँपालिकामा शसस्त्र प्रहरीमा कार्यरत खाँले आफुमाथि बहुबिवाहको झुटो आरोप लगाईएको बताएका हुन्।

Advertisement

उनले श्रीमती घरबाट हराएपछि खाली रहेको कोठामा छिमेकी महिलालाई भाडामा लगाएको तर उसलाई विवाह गरेको गलत आरोप लगाउँदै विनापुर्जी प्रहरीले नियन्त्रणमा राखेको बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी गुनासो गरेका हुन्।

गत असोज ११ गते आफुलाई थाहा नदिई श्रीमती निशा खाँ घरबाट हिँडेको उनको भनाइ छ । घरबाट श्रीमती हिँडेको भनेर ग्रामथान–१ मा श्रीमतीको घर जाँदा उल्टै हत्या गरेको आरोप लगाउँदै माईती पक्षले प्रहरी समक्ष मुद्दा दर्ता गरेको उनले बताए । “श्रीमती हराएको भनेर खोज्न जाँदा मलाई हिँड्न दिएनन् झोला खोसेर राखे, उनले भने, तैँले नै हत्या गरेको भनेर आरोप लगाईयो ।”

Advertisement

उनले श्रीमती हराएपछि आफुले हुलियासहितको उजुरी दिँदा पनि प्रहरीले दर्ता गर्न नमानेको बताए । उनले श्रीमती हत्याको आरोपमा दुई पटक सम्म अदालत लगेको र प्रमाण नपुगेको आधारमा आफु मुक्त भएको बताएका छन । “श्रीमती हराएपछि मैले छिमेकी सन्था कुमारी थारुलाई सटर भाडामा दिएको थिएँ ।”

उनले भने “तर कात्तिक–१२ गते अचानक मेरो घरमा आई प्रहरी हवल्दार कुमार थापाले भाडामा बस्नेमाथि तैँले यो सँग विवाह गरेको हो भनेर पक्राउ पुर्जी विना नै हातपात गरी समातेर लगे ।” त्यो बेलामा श्रीमतीको साईनो पर्ने एलिना राई भनिने एक युवतीपनि आएको उनको भनाई थियो ।

Advertisement

उनले विना आधार समातेर लगेको र सन्था अहिले पनि प्रहरी नियन्त्रणमा रहेको बताएका छन । आफु दोषी नभएको र कसैले फसाउन खोजेको उनको गुनासो छ । आफुमाथि विना प्रमाण दुःख दिएकोले आफुले न्याय पाउनुपर्ने र श्रीमतीको खोजी हुनुपर्ने उनको माग रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top