×

NEPAL TIMES UPDATES

Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको यस्तो आदेश

२९ मंसिर २०७४

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन मूल्यांकन किर्ते कागजात पेस गरेकाले अनुसन्धान गरी कारबाही चलाउन आदेश दिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

सर्वोच्चले बिहीबार पूर्णपाठको फैसला जारी गर्दै कार्यसम्पादन मूल्यांकन किर्ते कागजात तयार पार्न संलग्न सबैलाई अनुसन्धान गरी कारबाही गर्ने बाटो खुला गरेको छ । सिलवाल ललितपुर १ बाट निर्वाचित एमाले सांसद हुन् ।

Advertisement
Advertisement

सिलवालले सरकारी कागज किर्ते गरेको सम्बन्धमा परेको मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मिरा खड्का, प्रकाशमानसिंह राउत, र पुरुषोत्तम भण्डारी सहभागी बृहत् पूर्ण इजलासले तयार पारेको पूर्णपाठमा कार्यसम्पादन मूल्यांकन फारममा अंक फरक पार्ने कार्यमा संलग्नलाई अनुसन्धान गरी कारबाही गर्न सरकारको नाममा आदेश दिइएको छ ।

गत २८ फागुनमा सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गरेको थियो । सो निर्णयविरुद्ध डीआईजी सिलवालले रिट दायर गरेपछि सर्वोच्चले चन्दलाई महानिरीक्षक बनाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । सर्वोच्चको परमादेशको पालना गर्दै कार्यसम्पादन मूल्यांकनको आधारमा पहिलो देखिएका डिआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । महानिरीक्षकमा अर्याललाई नियुक्त गरेपछि सिलवालले सरकारको कदमविरुद्ध ३१ चैतमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

Advertisement
Advertisement

के छ आदेशमा ?
‘अदालतमा निवेदकलगायत सबै उम्मेदवारको लोकसेवा आयोगलगायतका निकायबाट प्राप्त कार्यसम्पादन मूल्यांकन फारमको सक्कल रहेको गोप्य सिलबन्दी खाम खोलेर हेर्दा निवेदकले दावी पेश गरेजस्तो कार्यसम्पादन मूल्यांकनको नम्बर र लोकसेवा आयोगलगायतको निकायबाट प्राप्त नम्बर भिन्ना भिन्नै देखिन आएको छ । निवेदकले निवेदन साथ प्रस्तुत गरेको कासमू फारमको अंक र लोकसेवा आयोगलगायतका निकायबाट प्राप्त कासमू अंक भिन्न देखिएकाले अख्तियार प्राप्त अधिकारीले कानुनबमोजिम मूल्यांकन गरी गोप्य रूपमा राख्नुपर्ने कासमु फारम र निवेदकले पेस गरेको कासमु फारमको अंक फरक पार्ने कार्यमा को कसको संलग्नता छ भन्ने सम्बन्धमा अनुसन्धान गरी दोषी देखिएकाउपर कारबाही चलाउन सम्बन्धित निकायमा लेखी पठाउनू ।’

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top