विराटनगर ,कात्तिक १६
अर्थमन्त्री युवराज खतिवडाले प्रदेश र स्थानीय तहको विकास खर्च निरासाजनक हँुदैमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा असर नपर्नेे दाबी गरेका छन् ।
विराटनगर विमानस्थलमा आज संचारकर्र्मीहरुसँग कुरागदै अर्थमन्त्री खतिवडाले प्रदेश र स्थानिय तहले खर्च गर्न नसके पनि आर्थिक तरलता उत्पन्न हुन नदिने गरि व्यवस्था गर्न लागिएको जानकारी दिए ।
अर्थमन्त्री खतिवडाले प्रदेश र स्थानीय तहले पनि खर्च गर्ने क्षमता भने बढाउनु पर्ने बताए । उनले वत्तिय संघियता लागु भएको चार महिनामा सबै ठिकठाक हुन्छ भनेर सोच्नु हतार हुने बताए । प्रदेश सरकारको आफ्नै संरचनाहरु बन्ने क्रममा रहेको भन्दै उनले संघियबाट प्रदेश सरकारलाई संरचनाहरु एकै पटक हस्तान्तरण सम्भव नहुने जानकारी दिए ।
उनले संरचना दिने र लिने विषय भएकोले दिनेले दिन सक्नु पर्ने र लिने सँग त्यो संचालनको क्षमता हुनु आवश्य रहेको बताए । उनले कर्मचारी संमायोजनामा ढिलो भएको स्विकार्दै संघिय निजामति कानुन आउनासाथ त्यो समस्या समाधान हुने जानकारी दिए ।
मन्त्री खतिवडाले वित्त अयोगको अभावमा काम नरोकिएको भए पनि त्यसलाई पनि चाडै टुङ्याउने बताए । उनले स्थानिय तहामा करको समस्या विस्तारै समाधान हुँदै गएको जानकारी दिए ।उनले वत्तिय संघीयता लागु भएको चार महिना मात्र भएकोले बुझाईको कारणले मात्र करको समस्या देखिएको बताए ।
उनले सेयरको घटबड आर्थिक बृद्धिले मात्र नभएर क्रेता विक्रेताको मानोविज्ञानको विषय भएको जानकारी दिए ।