नेपाललाई डम्पिङ साइट बन्न दिदैनौँ ः अर्थमन्त्री खतिवडा

१६ कात्तिक २०७५, शुक्रबार
Share this
701shares

विराटनगर, कात्तिक १६
अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी बस्तुमा मुलुक आत्मनिर्भर नभएपनि मुलुकलाई भने विश्वको सस्तो बस्तुको डम्पिङ साइट बन्न नदिने बताएका छन ।

Advertisement

मोरङ व्यापार संघको ६३ औ साधारण सभाको शुक्रबार विराटनगरमा उद्घाटन गर्दे मन्त्री खतिवडाले सरकार विश्वको सस्तो बस्तुको डम्पिङ साइटहरुबाट मुलुकलाई बचाउन सचेत रहेको बताए ।

उनले अहिलेको अबस्था सरकार औद्योगिक बस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउन उद्योगी व्यवसायीहरुलाई सुविधा दिन सरकार तयार रहेको जानकारी दिए ।

Advertisement

मन्त्री खतिवडाले उद्योगी व्यवसायीले औद्योगिक बिकासका लागि बिशेष योजना लिएर आएको खण्डमा सरकार सरकारी उद्योगहरु संचालनका लागि दिन समेत तयार रहेकोपनि जानकारी दिए । उनले सरकार कर, भन्सार र राजश्व उठाउने विषयमा मात्रै केन्द्रीत नरहेको बताए ।

कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले संघीयता कार्यन्वयनमा आएको एकवर्षकै अवधिमा तिव्र आर्थिक बृद्धिदरको हिसाब नमाग्न उद्योगी–व्यवसायीसँग आग्रह गरे ।

Advertisement

उनले तीनै तहका सरकारले औद्योगिक उत्पादन बृद्धि गर्नुपर्दछ भन्ने मान्यता राखेकोले क्रमशः उत्पादनमुखी अर्थतन्त्रको आधार बलियो हुनेमा विश्वास व्यक्त गरे । उद्योगी व्यवसायीले अहिलेको अबस्थामा आफुहरुले भोग्नु परेको समस्याका बारेमा कार्यक्रममा जानकारी गराएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top