प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच अस्पतालमै छलफल

१६ कात्तिक ७५, शुक्रबार
Share this
670shares

काठमाडौँ,कात्तिक १६
त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भेटी स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।

Advertisement

त्यस अवसरमा दुई अध्यक्षबीच मुलुकको समसामयिक अवस्थाका बारेमा पनि विचारविमर्श भएको नेता दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका प्रतिवेदन राम्रो रहेको र स्वास्थ्य स्थिति सामान्य भएको जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत अस्पताल पुगेका थिए ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top