गायक सुमित खड्काको ‘नेपाली मन’ सार्वजनिक

१५ कात्तिक ७५, शुक्रबार

विराटनगर, कार्तिक १६
राष्ट्रिय गायक सुमित खड्काको गीती एल्वम् ‘नेपाली मन’ सार्वजनिक भएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रमका बीच ‘नेपाली मन’ एल्वम विमोचन गरिएको हो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेल लगायतले एल्वमको विमोचन गरे । संगीता थापाको प्रस्तुती रहेको एल्वम्मा सुमित खड्काले स्वर भरेका छन् ।

गीतकार कृष्णबहादुर थापाको रचना रहेको सो एल्वममा संगीत भने शक्ति बल्लभले भरेका छन् । एल्वममा पाँच वटा राष्ट्रिय गीत समावेश रहेको छ ।एल्वम बिमोचन पछि कार्यक्रमका प्रमुख अतिथि एवम् विराटनगर महानगरका प्रमुख भीम पराजुलीले गीत संगीतको जर्गेनामा महानगरपालिका सधै तत्पर रहेको बताए ।

Advertisement

उनले चाडै नै महानगरले गीत संगीत र साहित्य क्षेत्रका सष्ट्रालाई सम्मानका लागि विराटनगरमा वृहत कार्यक्रमको आयोजना गर्न लागिएको बताए । उनले सो कार्यक्रममा विराटनगर क्षेत्रका गीत संगीत र साहित्य क्षेत्रममा अनवरत रुपमा लाग्नु हुने सष्ट्राहरुलाई सम्मान गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा गायक खड्काले विदेशमा गएका युवाहरुलाई देशको माया कसरी हुन्छ भन्ने कुरा गीत मार्फत देखाउन खोजिएको बताए । ‘नेपाली मन’ राष्ट्रिय गीतको छैठौ एल्वम भएको जानकारी दिँदै उनले सातौ एल्वम पनि बन्ने क्रममा रहेको जानकारी दिए ।

कार्यक्रममा खड्काले एल्वमका केही गीत पनि गाएका थिए । ५ सयभन्दा माथि आधुनिक गीत, दुई दर्जभन्दा बढी नेपाली चलचित्रमा पाश्र्व गायन गरिसकेका खड्काले सयभन्दा बढी राष्ट्रिय भावका गीतहरु गाईसकेका छन् ।

उक्त एल्बमभित्र ५ वटा गीत समावेश गरिएको छ । कार्यक्रममा गायक खड्काले सबै भन्दा राम्रो मेरो र नेपाली पन नेपाली मन बोलको दुई वटा गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली पन नेपाली मन बोलको गीतको भिडियो समेत प्रर्दशन गरिएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top