कृत्रिम चन्द्रमा बनाउँदै चीन, वर्षेनी १७ करोड डलर बचत हुने

१७ कात्तिक ७५, शनिबार
Share this
769shares

एजेन्सी,कात्तिक १७
चीनले शहरी क्षेत्रबाट सडक बिजुली हटाउने तथा बिजुलीको बचत गर्ने उद्देश्यले आफ्नो आकाशमा एक कृत्रिम चन्द्रमा बनाउने तयारी थालेको छ।

Advertisement

चन्द्रमालाई सन् २०२० मा सिचुवान प्रान्तको चेङ्दुमा जमिनबाट ८० किलोमिटर माथि आकाशमा स्थापित गरिने जनाईएको छ । उचाइ कम हुने भएकोले यो कृत्रिम चन्द्रमा खास चन्द्रमा भन्दा ८ गुणा ज्यादा चमकदार हुनेछ।

 वास्तविक चन्द्रमाले तीन लााख ८० हजार किलोमिटर टाढाबाट पृथ्वीको परिक्रममा गर्छ।

Advertisement

सडक बत्तीको विकल्पमा चन्द्रमाको प्रयोग !

कृत्रिम चन्द्रमाका कारण सडक बत्ती अभावको समयमा पनि समाधान हुने चेङ्दु एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी माइक्रोइलेक्ट्रोनिक्स सिस्टम रिसर्च इन्स्टिच्युटका प्रमुख वु चुनफेन्डले बताएका छन् । यस चन्द्रमाको उज्यालोले सडक बत्तीको पनि काम गर्नेछ।

Advertisement

वुका अनुसार कृत्रिम चन्द्रमाबाट ८० किलोमिटर क्षेत्रमा उज्यालो पुग्नेछ। वुले भने, ‘हामीले प्रविधिमा लामो समयदेखि काम गरिरहेका छौँ, अब यो परियोजना अन्तिम चरणमा पुगेको छ।’

यसबाट चीनलाई वर्षेनी १७ करोड डलर बचत हुने बताइएको छ।

कृत्रिम चन्द्रमाले असर गर्ने भन्दै विज्ञहरुको चिन्ता

कृत्रिम चन्द्रमाको उज्यालोले जनावरमा नराम्रो असर पर्ने केही विज्ञ र सर्वसाधारणले जिकिर गरेका छन्।

उनीहरूले खगोलीय घटना हेर्न पनि समस्या हुने गुनासो गरेका छन्। हर्बिन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रोफेसर काङ्ग विमिनले भने कृत्रिम चन्द्रमा एकदम चम्किलो नहुने र यो धमिलो प्रकाशयुक्त हुने जिकिर गरेका छन्।

पहिले पनि कोशिश

यसभन्दा पहिले पनि प्रकाश दिने कृत्रिम वस्तु आकाशमा पठाउने कोशिस भएको थियो । तर त्यो योजना असफल भएको थियो। यस्तो प्रयास सबैभन्दा पछिल्लो पटक रूसले सन् २०१७ मा गरेको थियो।

१४ जुलाई २०१७ मा रूसले  अन्तरिक्षमा सोयुज रकेटबाट एक बस्तु पठाएको थियो। यस बस्तुलाई चन्द्रमापछि सबैभन्दा चम्किलो भनिएको थियो।

तर एक महिनामा नै यस परियोजनामा जोडिएका वैज्ञानिकले अन्तरीक्ष कक्षमा स्थापित हुन नसक्दा परियोजना बिफल भएको बताएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top