नातिले बोतलले हिर्काउँदा हजुरबुबाको मृत्यु

पशुपतिनगर,कात्तिक १७
इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ ।

दक्षिणीमाई नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा हजुरबुबा देउमान नेम्वाङलाई बियरको बोतल प्रहार गरेका थिए ।

बोतल प्रहारबाट ६५ वर्षीय हजुरबुबा नेम्वाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ ।

रासस

Scroll to Top