×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

१३ जनाको ज्यान लिएको नरभक्षी बघिनीलाई गोली हानी मारियो

१७ कार्तिक २०७५

एजेन्सी,कात्तिक १७
भारतमा १३ जनाको ज्यान लिएको भनिएको एउटी ६ वर्षीया नरभक्षी बघिनीलाई गोली हानी मारिएको छ।

भारतीय इतिहासकै ठूलोमध्येको एक खोजी अभियानपछि उक्त बघिनीलाई बेहोस पार्ने डाट्र्स प्रहार गरिएपछि आठदेखि १० मिटरको दूरीबाट एउटै गोलीको प्रहारबाट मारिएको अधिकारीहरूले बताएका छन्।

Advertisement
Advertisement

६ वर्षीया उक्त बघिनी दुई वर्षअघि पश्चिमी राज्य महाराष्ट्रको जङ्गलबाट भागेकी थिइ। गत महिना वन अधिकारीहरूले ती बघिनीलाई आकर्षित पार्न अत्तर छर्केका थिए।

अधिकारकर्मीहरूले ती बघिनीलाई बचाउने अभियान चलाए पनि सर्वोच्च अदालतले वन अधिकारीहरू त्यसलाई मार्न बाध्य भए त्यसमा हस्तक्षेप नगर्ने बताएको थियो। अधिकारीरहरूका अनुसार अब सो बघिनीको शवको पोस्टमार्टम गरिनेछ।

बघिनीलाई लक्षित गर्दै मध्य भारतमा ठूलो स्तरमा एउटा खोजी अभियान गरिएको थियो। वन विभागका एक सयभन्दा बढी अधिकारी, सुरक्षाकर्मी, बेहोस पार्ने विशेषज्ञ, निशानेबाज र पशु चिकित्सक एउटा बघिनीलाई खोजिरहेका थिए।

भारतको पर्यावरण मन्त्रालयका अनुसार बाघ र हात्तीको आक्रमणबाट सन् २०१४ को एप्रिलदेखि सन् २०१७ को मेको बीचमा १,१४४ जना मारिएका छन्।

Advertisement
Advertisement

त्यसमध्ये १,०५२ जना हात्तीको आक्रमणबाट मारिएका हुन् भने ९२ जना बाघको आक्रमणबाट मारिएका हुन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top