महाकविको जन्मजयन्तीमा कविगोष्ठी

१८ कात्तिक ७५, सोमबार

विराटनगर, कात्तिक १९
नेपाली लेखक संघ मोरङले सोमबार विराटनगरमा साहित्य गोष्ठीको आयोजना गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्तीको अवसर पारेर संघले कवि गोष्ठी आयोजना गरेको हो ।

Advertisement

विराटनगरस्थित परोपकार अभियान समूहको सभाहलमा आयोजित कार्यक्रममा देवकोटाको तस्बिरमा माल्यर्पणसमेत गरिएको थियो ।

कार्यक्रममा साहित्यकार गंगा सुवेदी, भूषण ढुंगेल, मधु पोखरेल, दिङ्लाली कान्छो, मीनकुमार नवोदित, मन्जुश्री गिरी, निर्मला कोइराला, सर्वश्री भट्टराई, गायत्रीकुमार चापागाईं, शुभलक्ष्मी लम्साल, सोमराज अभय, रामबाबु दाहाल, लोचन रिजाल, गंगाधर कट्टेललगायत दुई दर्जनभन्दा बढी कविहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरे ।

Advertisement

वरिष्ठ कवि प्रल्हाद पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, लेखक संघका केन्द्रीय उपाध्यक्ष विवश पोखरेल, केन्द्रीय सदस्य राधिका गुरागाईं, संघका मोरङ अध्यक्ष गोकुल अधिकारी, प्राध्यापक कविराज न्यौपाने, कवि लक्ष्मी पोखरेललगायतले नेपाली साहित्यमा महाकवि देवकोटाले पु¥याएको योगदानको चर्चा गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top