५५० लिटर वेवारिसे मदिरा बरामद

१९ कात्तिक ७५, सोमबार
Share this
746shares

विराटनगर, कार्तिक १९

Advertisement

मोरङको लेटाङ नगरपालिका–४ स्थित गंगे चौकबाट सोमबार प्रहरीले अन्दाजी ५५० लिटर घरेलु मदिरा बरामद गरेको छ ।

लेटाङबाट कानेपोखरी तर्फ जाँदै गरेको को १ ख २७९४ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा वेवारिसे अवस्थामा राखिएको उक्त मदिरा बरामद गरेको हो ।

Advertisement

बिहान करिब ५ बजे बरामद गरिएको उक्त मदिरा स्थानीयको रोहबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top