४३ करोडको सयपत्री

४३ करोडको सयपत्री

काठमाडौं : नेपालमा वार्षिक साढे ४३ करोड मूल्य बराबरको सयपत्री फूलको कारोबार हुन्छ।तिहारमा मात्रै बेग्लै ११ करोड रूपैयाँको सयपत्री खरिदबिक्री हुने नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान)ले जनाएको छ । सयपत्रीको माला वर्षभरिमा औसत ६२ लाख थान किनबेच हुन्छ।

‘तिहारमा सबैभन्दा बढी सयपत्रीको माग हुन्छ’, एसोसिएसनका कुमारकसजु श्रेष्ठले भने, ‘वर्षभरिमा एक चौथाइ सयपत्री भने भारतबाट आउँछ ।’, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

फ्यानका अध्यक्ष श्रेष्ठका अनुसार नेपालमा दैनिक १७ हजार थान सयपत्री पुष्पको माला खपत हुन्छ।एक थान मालाको खुद्रा मूल्य ७० रूपैयाँ पर्छ।उनकाअनुसार वार्षिक रूपमा ४३ करोड ४३ लाख मूल्यबराबरको सयपत्री मालाको कारोबार हुँदै आएको छ । एसोसिएसनका अनुसार संघीय सरकारको उदासिनताका कारण सयपत्री पुष्पमा नेपाल आत्मनिर्भर हुन नसकेको हो।

संघीय सरकारले यो पुष्पमा आत्मनिर्भर हुनका लागि कुनै योजना तथा बजेट नछुट्टयाएकाले कूल मागको करिब एक चौथाई भारतबाट आयात गर्नुपरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.