इटहरी , कार्तिक २१
इटहरीस्थित धरान लाईनको सप्तकोशी इलेक्ट्रोनिक्स पसलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
१ बजेदेखि शुरु भएको आगलागी नियन्त्रणको लागी इटहरी, दुहबी, धरान र बिराटनगरको दमकले प्रयास गरिरहेका छन् ।
साथै नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियले पनि आगलागी नियन्त्रणमा सहयोग गरिरहेका छन् ।
पसलमा लागेको आगोले छेउको अर्काे घरमा पनि क्षति पुगेको छ । इलेक्ट्रोनिक्स पसलसँगै गोदाम र अन्य पसल समेत रहेको कारण ठूलो क्षति भएको अनुमान गरिएको छ ।
पसलका सामानहरु सुरक्षित साथ निकाल्ने प्रयास समेत भइरहेको छ । आगलागी भएको पसल इटहरीका व्यवसायी नेत्र कार्कीको रहेको बताइएको छ ।