सफल चलचित्र ‘जात्रा’को सिक्लेव ‘जात्रै जात्रा’को टिजर रिलीज(भिडियो)

२४ कात्तिक ७५, आइतबार

काठमाडौँ, कात्तिक २५
सफल चलचित्र ‘जात्रा’को सिक्लेव ‘जात्रै जात्रा’को टिजर रिलीज भएको छ । चलचित्रको टीजर शनिवार यूट्युबमा सार्वजनिक गरिएको हो ।

Advertisement

चलचित्र‘जात्रै जात्रा’मा दयाहांग राई, बिपिन कार्की, बर्षा राउत, रबिन्द्रसिंह बानिया, रविन्द्र झा लगायतको प्रमूख भूमिका छ ।

यस चलचित्रमा अभिनेता दयाहाङ राई गाँसिएका छन् ।‘जात्रा’मा भने दयाहांगको अभिनय थिएन । टीजरमा जात्राको बेलामा भागिरहेका तीन कलाकारहरु दयाहाङ राईको जालमा परेको देखाईएको छ ।

Advertisement

प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रको निर्माताको रुपमा सिंगे लामा र यादव पौडेल रहेका छन् । चलचित्रको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेको यो चलचित्र फागुन १७ गते देखी प्रदर्शनमा आउने जनाईएको छ ।

https://youtu.be/WS_auQb77us

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top