बिहेका लागि इटाली उडे दीपिका र रणवीर

बिहेका लागि इटाली उडे दीपिका र रणवीर

एजेन्सी, कात्तिक २५
बिबाह बन्दनमा बाँधिन लागेको बलिउडको चर्चित प्रेम जोडी नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह परिवारसहित इटाली उडेका छन् ।

उनीहरु वुधबार र बिहिबार बिहे गर्दैछन् । नोभेम्बर १४ र १५ तारिखमा हुने बिहेका लागि उनीहरु इटली उडेका हुन् । पछिल्लो समयमा बलिउडका चर्चित जोडीले बिहेका लागि इटालीलाई रोज्ने गरेका छन् ।

मुम्बई एयरपोर्टमा यो जोडीले मिडियालाई कुनै प्रतिक्रिया भने दिएनन् तर रणवीरले भने एयरपोर्टमा ‘डोली सजा के रखना’ बोलको गीत गाएका थिए । इटालीमा हुने बिहेमा आफन्त र केही सिमित साथीहरुलाई मात्र निम्तो गरिएको छ । इटालीमा बिहे गरेपछि मुम्बइमा भव्य पार्टी दिनेछन् ।

केही समय अगाडि इन्गेजमेन्ट गरेको यो जोडीले करिब ५ बर्ष लामो प्रेमलाई बिहेमा परिणत गर्न लागेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.