सर्वोच्चले झिकायो रेशमको फेहरिस्त: कर्तव्य ज्यानसहित तीनवटा मुद्दा

सर्वोच्चले झिकायो रेशमको फेहरिस्त: कर्तव्य ज्यानसहित तीनवटा मुद्दा

सर्वोच्च अदालतले कैलाली क्षेत्र नम्बर, १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीविरुद्ध कैलाली जिल्ला अदालतमा चलेका मुद्दाको सबै फेहरिस्त झिकाएको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले चौधरीविरुद्ध दायर भएको मुद्दाको मिसिलसहितका सबै विवरण पेस गर्न मंगलबार आदेश दिएको हो।

फरार रहेकै बेला प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई वारेसमार्फत प्रमाणपत्र दिनुपर्ने मागसहित पेस भएको रिटलाई सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गर्दै फिर्ता पठाएपछि दिएको अर्को निवेदनमा यस्तो आदेश भएको हो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

सर्वोच्चले चौधरीमार्फत नै अदालतमा चलेका मुद्दाको मिसिल संलग्न सबै कागजात पेस गर्न भनेको छ। दुई वर्षे बालक र प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको टीकापुर घटनामा चौधरी मुख्य अभियुक्त रहेको दाबीसहित धनगढी जिल्ला अदालतमा दायर अभियोगपत्र मुल्तवीमा छ। ०७२ साल भदौ ७ गते उक्त घटना भएको थियो। उनीविरुद्ध कर्तव्य ज्यानसहित तीनवटा मुद्दा अदालतमा छन्।

त्यतिबेला सुरक्षा निकायको छानबिनले समेत दंगा भड्काएर टीकापुर नरसंहार भएको निष्कर्ष निकालेको थियो। चौधरीलाई अदालत र प्रहरीबाट पक्राउ ‘वारेन्ट’ जारी भएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.