समृद्धि माग्दै ३ किमि घस्रिए विराटनगरका मेयर

समृद्धि माग्दै ३ किमि घस्रिए विराटनगरका मेयर

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली तीन किलोमिटर घस्रिँदै घाट पुगेर छठपुजा गरेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

उनी विराटनगरको समृद्धि र शान्तिका लागि घिस्रिएर साष्टांग दण्डवत गर्दै शिव पञ्चायत मन्दिरबाट परोपकार घाट पुगे । मेयर पराजुलीले मंगलबार दिउँसो साढे १२ बजे दण्डवत यात्रा आरम्भ गरेका थिए। उनलाई तीन किमि यात्रा गर्न साढे तीन घन्टा लागेको थियो ।

उनीसँगै भतिजाहरु प्रमिस र मनीष पनि घस्रिएरै घाट पुगेका थिए । पराजुली पहेँलो वस्त्र लगाएका थिए ।

परोपकार घाटमा सपरिवार नदीमा पसेर अस्ताउँदो सुर्यलाई अर्घ दिए । उनी अघिल्लो बर्ष पनि घस्रिएर छठ पुजाका लागि घाट गएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.