ईपीएललाई आईसीसीको मान्यता

ईपीएललाई आईसीसीको मान्यता

काठमाडौं, कात्तिक २९
मंसिर २२ गतेदेखि कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मान्यता दिएको छ ।

आईसीसीलाई २० हजार अमेरिकी डलर शुल्क बुझाएपछि  काठमाडौंमा हुने फ्रेन्चाइजी टी–२० क्रिकेट प्रतियोगिता ईपीएलले मान्यता पाएको हो । ईपीएलको आयोजकले बिहीबार एक विज्ञप्ति जारी गर्दै मान्यता प्राप्त भएको जानकारी दियो ।

आईसीसीका क्लीभ हिचककलाई उद्धृत गर्दै ईपीएलले विज्ञप्तिमा उल्लेख गरेको छ–‘नेपाली क्रिकेट र खेलाडीको विकासका लागि आयोजना भएको यो प्रतियोगितालाई आईसीसीले मान्यता दिएको छ’, । प्राप्त रकम नेपाली क्रिकेटको विकासमा खर्च हुने पनि आईसीसीले स्पष्ट पारेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.