भोजपुर, कात्तिक ३०
भोजपुर सदरमुकामको जिल्ला प्रहरी कार्यालय नजिकै रहेको एक घरमा आगलागी भएको छ ।
भोजपुर नगरपालिका वडा नं ७ का गोविन्द सुन्दासको घरमा आगलागी भएको हो । घरको बीच तलमा बिजुलीको तार सर्ट भई आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिए ।
आगलागीबाट भएको क्षतिको विवरण भने संकलन भईरहेको प्रहरीले जनाएको छ । आगलागी सुरु भएको एक घण्टा पछि स्थानीय, नेपाली सेना, नेपाल प्रहरी तथा दमकलको सहायताले आगो निभाइएको प्रहरीले जनाएको छ ।