विराटनगर, कार्तिक ३०
मोरङमा चालु वर्षको साढे दश महिनाको अवधिमा ११ जनाको हत्या भएको छ । इन्सेक मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको मानव अधिकार बर्ष पुस्तक २०१९ का लागि समेटिएको घटनाहरुको बार्षिक पुर्व समिक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
हालसम्म को अबधिमा मोरङमा एक सय ३५ बटा घटना अभिलेख गरिएकोमा एक सय ७१ जना पीडित भएको इन्सेक मोरङ जिल्ला प्रतिनिधी इन्दिरा भट्टराइले बताइन् ।
जसमा सबैभन्दा बढी बलात्कारका घटना ५५ बटा, बलात्कार प्रयास २७ वटा,घरेलु हिसा ७ वटा, बहुविवाह १० र हत्याका ११ वटा रहेका छन । त्यसैगरी कुटपिट ७ , मानवबेचविखन २ , हत्या प्रयास ४, बालविवाह १ बटा घटना अभिलेख भएको छ ।
यस्तै बम विस्फोटका ३ वटा घटनामा एक जना घाइते हुन पुगेका छन् । बलात्कारका ५५ घटनामा ४३ जना बालवालिका र १३ जना महिला ,त्यसैगरी बलात्कार प्रयासका २७ घटनामा ११ बालिका र १६ महिला रहेका छन ।
यस्तै अपहरणका २ बटा घटनामा एक वालिकासहित सात जना पीडित भएका छन भने एक जना बालक अप्राकृतिक मैथुनबाट पीडित हुन पुगेका छन् । एक जना वालिका बालविवाहबाट पीडित हुन पुगेकी छिन् ।
समिक्षा कार्यक्रममा सहभागि सरोकारवालाहरुले बलात्कारका घटना बढ्नुको कारण पत्ता लगाएर त्यसको न्युनिकरणमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले बलात्कारका घटनाको सख्या हेर्दा लज्जाबोध भएको भन्दै बलात्कार गर्नेलाई कडा कानुन आबश्यक भएको बताए ।
राष्ट्रिय मानवअधिकार आयोग एक नम्बर प्रदेश कार्यालय विराटनगर प्रमुख मोहन जोशीले महिलामाथि हुने अपराध जन्य घटना बढ्नुको कारण पत्ता लगाएर कानुन बनाउन जरुरी रहेको बताए ।