कुटेर ३२ वर्षीय थापाको हत्या

३० कात्तिक ७५, शनिबार

धनगढी, मंसिर १
धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी टोलमा गए राति अन्दाजी ३२ वर्षीय विजय थापाको हत्या गरिएको छ ।

उक्त टोलको कलश होटल पछाडि स्थानीय २७ वर्षीय आसिस सेठीसँग भएको कुटपिटबाट थापाको मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रमुख वकिलबहादुर सिंहले बताए ।

कुटपिटपछि घाइते थापालाई सेती अञ्चल अस्पताल पु¥याइएकामा अस्पतालाले मृत घोषणा गरेको थियो । टाउकोमा चोट लागेको र नाक मुखबाट रगत बगेको अवस्थामा थापालाई प्रहरीले उद्धार गरी अस्पताल पु¥याएको थियो ।

Advertisement

राति पौने ९ बजेको समयमा होटलमा असमान्य आवाज सुनिएपछि घर बाहिर निस्केका दीपेन्द्र चौधरीले सोही टोलमा गस्तीमा रहेको वडा प्रहरीको टोलीलाई खबर गरेका थिए । दीपेन्द्र सञ्चालित होटलको घरधनीका छोरा हुन् ।

“घटनालगत्तै होटल परिसरमै थापालाई घिसार्दै गरेको अवस्थामा आसिस सेठीलाई पनि नियन्त्रणमा लिन हामी सफल भयौँ”, वडा प्रहरी प्रमुख सिंहले भने ।

Advertisement

घटनास्थलबाट प्रहरीले मृतकको स्कुटर र सेठीको मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका सेठी लागुऔषध मुद्दाका फरार प्रतिवादी रहेको बताइएको छ । मृतक थापाको गतिविधि पनि शङ्कास्पद रहेको प्रहरीले जनाएको छ ।

रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

सम्बन्धित समाचार

Scroll to Top