भू-उपयोग ऐन पारित, जग्गाको कित्ताकाट गर्न स्थानीय तहको सिफारिस लिनुपर्ने

३० कात्तिक ७५, शनिबार

काठमाडौँ, मंसिर १
भू–उपयोग ऐन मन्त्रिपरिषद्बाट पारित भएको छ । सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऐन पारित गरेको हो । ऐन भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले गत साता मन्त्रिपरिषदमा पेस गरको थियो ।

स्रोतको अनुसार बिहीबारको बैठकले निर्णय गरी संसदमा पेस गरिएको छ । भू–उपयोग ऐनले जग्गा व्यवस्थापनमा सहयोग पुग्ने मन्त्रालयले विश्वास गरेको छ ।

ऐनले जग्गालाई विभाजन गरी कसरी उपयोग गर्ने भन्ने विषय उल्लेख गरिएको मन्त्रालय स्रोतले बताएको छ । ऐनबाट ल्याउनु पर्ने कानूनहरु मन्त्रिपरिषदमा पेस गरिसकेको मन्त्रालयका सचिव गोपीनाथ मैनालीले बताए ।

Advertisement

जग्गाको कित्ताकाट गर्न स्थानीय तहको स्वीकृत लिनुपर्ने

जग्गाको कित्ताकाट सम्बन्धी कार्यविधिमा स्थानीय तहलाई अधिकार दिने मन्त्रालयले तयारी गरेको छ । कुन जग्गालाई कित्ताकाट गर्न दिने र कुनलाई नदिने भन्ने विषयमा निर्णय अधिकार स्थानीय तहलाई प्रदान गर्न लागिएको हो ।

Advertisement

तर मन्त्रालयले निर्णय भने गरिसकेको छैन । निर्णय पश्चात जिल्ला मातहतका कार्यलयहरुलाई निर्देशन मन्त्रालयले दिनेछ । जग्गाको कित्ताकाट गर्नुअघि स्थानीय तहले कुन आवास क्षेत्र, कुन औद्योगिक क्षेत्र, कुन वन क्षेत्र तथा कुन कृषियोग्य जग्गा हो भनेर छुट्याउनेछ ।

अब बन्ने ऐनमा यो कुरा समावेश भैसकेको सचिव मैनालीले बताए । उनका अनुसार सर्वसाधारणको सहजताको लागि कार्यविधिमा पनि सो कुरा समावेश गरिएको छ ।

मन्त्रालयले जग्गा कारोबारलाई व्यवस्थित बनाउन उक्त गृहकार्य शुरु गरेको हो । कित्ताकाट व्यवस्थित गर्ने कार्यविधिको मर्म खेतीयोग्य जमिन बचाउने रहेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए ।

यसअघि सरकारले २०७४ साउन २६ गते खेतीयोग्य जमिन कित्ताकाट गर्न रोक लगाएको थियो । यसअघि सर्वोच्च अदालतले २०७४ भदौ ४ गते संविधानको धारा २५ सम्पत्तिको हक व्यवस्थापनमा प्रतिकूल असर पुगेको भन्दै जग्गा प्लानिङ नरोक्न सरकारलाई आदेश दिएको थियो ।

मन्त्रालय टुक्रिनु भन्दा पहिले कृषिमन्त्री चक्रपाणी खनालले जग्गा कारोबारमा अनियमितता भएको भन्दै उनले कित्ताकाट खोल्ने तयारी गरेका थिए । तर मन्त्रालय टुक्रिएपछि खनालले सो प्रयासले पूर्णता पाउन सकेको थिएन ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

सम्बन्धित समाचार

Scroll to Top