काठमाडौं, मंसिर १
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबी बैंक लिमिटेडले ५५ करोड ५ लाख रूपैयाँ नाफा गरेको छ ।
सार्वजनिक विवरण अनुसार उक्त अवधिमा ८५ अर्ब ८३ करोड कुल निक्षेप संकलन गरी ८२ अर्ब ७७ करोड रुपैंया कर्जा प्रवाह गरेको देखिएको हो ।
बैंकको उक्त नाफाका आधारमा बैंकको प्रतिशेयर आम्दानी २६ रुपैंया २१ पैसा हुन आउँछ जुन् अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा २ रुपैंया कम हो ।
बैंकको पुँजी पर्याप्तता अनुपात १५.२६ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.७६ प्रतिशत, पुँजीकोषको लागत ७.३६ प्रतिशत र आधार ब्याजदर १०.६८ प्रतिशत छ ।