×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026

१०१ वर्षीया भगवती भण्डारीले पाइन् नेपालको पहिलो राष्ट्रिय परिचयपत्र

३ मंसिर २०७५

पाँचथर,मंसिर ३
संघीय सरकारले आजदेखि राष्ट्रिय परिचय पत्र वितरणको शुरुवात गरेको छ । गृहमन्त्री रामबहादुर थापाले नेपालको पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षकी भगवती भण्डारीलाई प्रदान गरेका छन् ।

पाँचथरको फिदिम बजारको शहीद मञ्चमा आयोजित विशेष समारोहबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको सुरुवात भएको हो । फिदिम नगरपालिका–४, शान्तिपुरकी १०१ वर्षीय भगवती भण्डारीलाई गृहमन्त्री थापाले परिचयपत्र वितरण गरेर नेपालको परिचयपत्र वितरणको थालनी गरेका हुन् ।

Advertisement
Advertisement

भण्डारी नेपालको राष्ट्रिय परिचय पत्र पाउने पहिलो व्यक्ति बनेकी छिन् । आफूले परिचयपत्र पाएपछि भण्डारीले गृहमन्त्री थापालाई परिचय पत्र वितरण गरेकी थिइन् । गएको असार ५ गतेबाट पाँचथरमा सुरु भएको राष्ट्रिय परिचय पत्रको विवरण संकलन पनि भण्डारीबाटै सुरु गरिएको थियो ।

राष्ट्रिय परिचय पत्र वितरणको लागि पाँचथर जिल्लामा असारदेखि अहिलेसम्म ५२ हजारभन्दा बढीको विवरण संकलन गरिएको छ । पाँचथरमा सोमबार भगवती र गृहमन्त्री थापालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको र मंगलबारदेखि क्रमशः विवरण संकलन गरिएका अन्य नागरिकलाई परिचयपत्र वितरण गरिनेछ ।

पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नेपाली नागरिक र सिंहदरबार भित्रका सात हजार कर्मचारीलाई परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले वताए ।

Advertisement

यसै आर्थिक वर्षमा प्रदेश १ का झापा र संखुवासभा, प्रदेश २ का महोतरी र सप्तरी, प्रदेश ३ का ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशका तनहुँ र स्याङजा, प्रदेश ५ का कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा राष्ट्रिय परिचय पत्र विवरण संकलन तथा वितरणको थालनी गर्ने विभागले जनाएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top