Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा नेत्रहीन खेलाडीबीच क्रिकेट प्रतियोगिता हुने

विराटनगरमा नेत्रहीन खेलाडीबीच क्रिकेट प्रतियोगिता हुने

विराटनगर, मंसिर ३
विराटनगरमा नेत्रहीन खेलाडीबीच क्रिकेट प्रतियोगिता हुने भएको छ । नेत्रहीन खेलाडीहरुको क्षमता विकास एवं आत्मवल वढाउने उद्धेश्यले विराटनगरमा प्रथम रोनाल्ड म्याकुलि कप क्रिकेट प्रतियोगिता–२०१८ हुने भएको हो ।

नेत्रहीन क्रिकेटसंघ नेपालको आयोजनामा मंसिर ५ देखि ८ गतेसम्म प्रतियोगिता हुन लागेको हो । संघले विराटनगरमा सोमबार पत्रकार सम्मेलनगरि प्रतियोगितावारे जानकारी गराएको हो ।

प्रतियोगितामा म्याग्दी, झापा, वर्दिया जिल्लाका तथा त्रिभुवन आर्मी क्वलव द्धन्दपिडित घाइते सैनिकगरी चार टिमको सहभागिता रहने छ । टिममा ११, ११ जना खेलाडी रहने छन ।

विराटनगरको शहिद रंगशालामा हुने प्रतियोगितामा प्रथम हुनेलाई २० हजार तथा द्धितिय हुनेलाई १० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न ७५ हजार रुपैया खर्च हुने आयोजकले जनाएको छ ।

उद्घाटनको पहिलो खेल झापा र वर्दिया विचको हुने जनाइएको छ । दृष्टिविहिनहरुले पनि राम्रो खेल्न सक्छन र उनीहरुपनि मुलुकका लागि केहि गर्न सक्छन भन्ने सन्देश दिन पहिलो पटक विराटनगरमा प्रतियोगिताको आयोजनागर्न लागिएको संघका अध्यक्ष पवन घिमिरेले वताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.