×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

विश्वमै लोपोन्मुख तीन प्रजातिका चरा गोरखामा भेटिए

४ मंसिर २०७५

गोरखा,मंसिर ४

गोरखामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका तीन प्रजातिका चरा भेटिएका छन् । गोरखा नगरपालिका–८ आहालेस्थित लुदी दामगाडे सामुदायिक वनमा विश्वकै दुर्लभ मानिएका डङ्गर गिद्ध, लोभीपापी गरुढ र गोमाया महाचिल भेटिएको अनुसन्धानकर्ता कुशल श्रेष्ठले जानकारी दिए ।

Advertisement
Advertisement

उक्त सामुदायिक वनमा भेटिएका ९९ प्रजातिका चरामध्ये तीन प्रजातिका चरा भने अहिले विश्वमै लोपोन्मुख अवस्था रहेको श्रेष्ठले बताए ।गएको वैशाखदेखि कात्तिकसम्म गरिएको अनुसन्धानका क्रममा नेपालमै लोपोन्मुख अवस्था रहेको पौरी बाँज र सानो बैडाइ प्रजातिका चरा पनि भेटिएका हुन् ।

‘‘हामीले गरेको अध्ययनका क्रममा गोरखाको एउटै सामुदायिक वनमा नेपालमा हालसम्म भेटिएका ८८६ प्रजातिका चरामध्ये ९९ प्रजातिको भेटिएका छन्,’’ श्रेष्ठले भने, “चराचुरुङ्गीको अध्ययन र अवलोकनका लागि गोरखा सम्भावना बोकेको ठाउँ रहेछ ।”

अध्ययनका क्रममा नेपालमा मात्र पाइने काँडे भ्याकुर प्रजातीको चरा पनि सोही जङ्गलमा भेटिएको उनले जानकारी दिए । अनुसन्धानकर्ता श्रेष्ठले म्याकिनल लिस्टिङ विधिबाट चराको अध्ययन गरेका थिए ।

चन्द्र गुरुङ फाउण्डेसनको सहयोगमा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा अध्यनरत स्नातक चौँथो वर्षमा अध्यनरत श्रेष्ठ नेतृत्वको टोलीले सात महीनासम्म लुदी दामगाडे सामुदायिक वनमा चरा सम्बन्धी अध्ययन गरेको हो ।

Advertisement

करीब ३०० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वनमा रहेका चरा संरक्षण गर्न सके वातावरण संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने उनको भनाइ छ । श्रेष्ठले जलवायु परिवर्तनका कारण विभिन्न दुर्लभ प्रजातिका चरा लोप हुँदै गएको भन्दै त्यसको संरक्षणका लागि सबैले चासो दिनुपर्नेमा जोड दिए । रासस

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top